डीआईजी सहित देशभर तीन सय ८० जना प्रहरीलाई कोरोना सङ्क्रमण

  ।   २०७७ श्रावण ३२, आईतवार १५:३३

नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआईजीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो ।

सङ्क्रमित डीआईजीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म देशभर तीन सय ८० जना प्रहरीलाई कोरोनाको सङ्क्रमण भएको छ भने दुई सय ४० जना उपचारपछि निको भएका छन् ।

उज्यालो अनलाइबाट

Next Post

नेकपाको सचिवालय बैठक सोमबार हुँदै

२०७७ श्रावण ३२, आईतवार १५:३३
लामो समय देखि आन्तरिक विवादमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि सोमबार सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए । नेतात्रयले […]

सम्बन्धित समाचार