माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गरिने: प्रेस सेन्टर बाँके

  ।   २०८० जेष्ठ ४, बिहीबार २१:२९

बाँके । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले आफ्ना माग सुनुवाइ नभए चरणबद्ध रुपमा आन्दोलनमा उत्रने भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई पुर्णतः साथ दिन आफ्नो एक्यवद्धता रहेको सेन्टरको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।        ‘नेपाल पत्रकार महासंघले स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्ने, नवीकरणका क्रममा क्रियाशीलताको आधार खोज्ने लगायतको अभियानको कार्यतालिका सार्वजनिक गरेको अवस्थामा नेपाल पत्रकार महासंघ बाँके शाखाले हालसम्म कुनैपनि प्रक्रिया सुरु नगरेको प्रति हाम्रो संगठनको घोर आपत्ति छ । अविलम्ब शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु गर्न जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा छ ।          प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेस आचार्यद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा अगाडी भनिएको छ, ‘केन्द्रले सुरु गरेको शुद्धिकरण अभियानदेखि आत्तिएका केही संगठनहरुले केही सदस्य संख्याको बखेडा झिकेर महासंघ केन्द्रको मूल उद्देश्य र स्प्रीडभन्दा बाहिर जान गरिएको प्रयास र प्रचारप्रति आपत्ति जनाउदै केन्द्र र प्रदेशले सुरु गरेको अभियान अनुसार अगाडी बढ्न र नेपाल पत्रकार महासंघको विधान अनुसार संस्थागत तरिकाले शाखाको काम कारवाहीलाई अगाडी बढाउन आग्रह गर्दछ । नेपाल पत्रकार महासंघ केन्द्रले सर्कुलर गरेको निर्णय अनुसार महासंघको गरिमा बढाउन गरेको अभियानमा हाम्रो साथ समर्थनका साथै यदि नेपाल पत्रकार महासंघ केन्द्रले जारी गरेको नामावली जिल्लाले सार्वजनिक गरेर शुद्धिकरण र नयाँ सदस्यताको प्रक्रिया अविलम्ब कार्यान्वयन नगरिए हाम्रो संगठन चरणवद्वरुपमा आन्दोलनमा उत्रिने खबरदारी गर्दछ ।’        प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य शिव सुनारको नेतृत्वमा गएको एक टोलीले नेपाल पत्रकार महासंघ बाँके शाखालाई बुझाएको हो । टोलीमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डा. डक्टप्रसाद धिताल, नीति तथा परामर्श समिति सदस्य सुशील लामिछाने, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, सचिब गजेन्द्र गुरुङ, जिल्ला अध्यक्ष राजेस आचार्य, उपाध्यक्ष द्वय संगीन शर्मा र सीता ओली, सचिब केपी घिमिरे, सह-सचिब द्वय तिलक नेपाली, डिल्ली शाही र सदस्य सन्तोष बिष्ट लगायत रहनु भएको थियो ।

Next Post

डा. धिताल सहित ७ जना सम्मानित

२०८० जेष्ठ ४, बिहीबार २१:२९
नेपालगन्ज । मुस्लिम जर्नलिस्ट क्लब नेपालले सात जनालाई सम्मान गरेको छ । मर्निङ स्टार ९० मेगाहर्ज नेपालगन्जका स्टेशन म्यानेजर, गुड न्यूज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक तथा गुडन्यूज खबर डटकमका सम्पादक डा. डक्टप्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’ बाट सम्मानित हुनु भएको छ । बिहीवार नेपालगन्जमा आयोजना गरिएको एक वृहत् […]