बर्दिया । बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वडा नं. ९ बनगाइ नयाँ जीवन चर्चका पास्टर गंगा बहादुर विश्वकर्माको शुक्रबार अन्त्यष्टी कार्य सम्पन्न भएको छ । देशका विभिन्न जिल्लाका ३० वटा चर्चका मुख्य पास्टर (धर्मगुरु) समेत रहनु भएका विकलाइ आफ्नै चर्चको कम्पाउण्डमा अन्तेष्टी गरिएको हो ।
असार ३ गते मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा उहाँको निधन भएको परिवारका सदस्य चन्द्र मिजारले बताउनु भयो । बैशाख २५ गते कोरोना पोजेटिभ देखिएपछि पास्टर विश्वकर्मालाई मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको अस्पताल स्रोतले बताउँछ । अस्पताल भर्ना भएको १ महिना ८ दिनमा उहाको निधन भएको छ । कोरोना पोजेटिभ देखिएको ३५ दिनमा कोरोना जाँच गराउदा नेगेटिभ रिपोर्ट आएको उहाँका छोरा जीवनले बताउनु भयो । लामो समय अस्पतालमा उपचाररत उहाँको शुक्रबार निधन भएपछि घरपरिवारले शुक्रबार नै बर्दिया पुर्याएका थिए ।
लामो समय सामाजिक सेवामा समर्पित विश्वकर्माले समाजमा उदाहरणीय काम गरेको श्रद्धाञ्जली कार्यक्रममा उपस्थित एक आफन्तले बताउनु भयो । विश्वकर्माका माहिलो जुवाइ चन्द्र नेपालीले जीवनी पाठ गरेर सुनाउनु भयो । पास्टर विश्वकर्माले देशका बर्दिया, कैलाली, कंचनपुर, सुर्खेत, दैलेख, जुम्ला, मुगु, हुम्ला, भारत र भुटानमा समेत सेवकाइ गरेको जिवनिमा उल्लेख गरिएको थियो । करिव ५ सय जनाको उपस्थिति रहेको श्रद्धाञ्जली कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तिलकराम शर्मा (हिमाल) र बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारु( कविर) समेतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । त्यस्तै श्रद्धाञ्जली कार्यक्रममा पास्टर जीवन आचार्य, इन्द्र रसाइली, चन्द्र मिजार, डेविट कैनी, रामबहादुर थारु, विकास नेपाली, भागिराम थारु, प्रेमनारायण अधिकारी लगाएतले श्रद्धाञ्जली दिनुभएको थियो । अधिकांश सहभागीहरुले रोएर पास्टर विश्वकर्माका गुणको बरेमा बताएका थिए । कार्यक्रममा संगित सहित आराधना सेवा पनि संचालन गरिएको थियो । सो श्रद्धाञ्जली कार्यक्रममा परमेश्वरको वचन बाइबलबाट नेपालगन्ज इसाई समाजका अध्यक्ष डक्ट धिताले सान्तोना दिनुभएको थियो । धितालले नेपालका विभिन्न जल्लाबाट आएको श्रद्धाञ्जलीका समाचार पढेर सुनाउनु भयो । श्रद्धाञ्जली कार्यक्रम सो मण्डलीका पास्टर चन्द्र नेपालीले संचालन गर्नुभएको थियो ।
पास्टर विश्वकर्माका १ छोरो र ३ छोरी छन् । श्रीमती खगिसराले साहसी हुँदै आफ्नो श्रीमानको बिदाइ गर्नु भयो । श्रीमानले छोडेर गएपनि माया गर्ने समाज, छोराछोरी र मण्डली मै जीवन बिताउने खगिसराले बताउनु भयो । उहाले भन्नुभयो,” उहाले मलाइ कहाँ राख्छौ भन्नू भयो ? त्यही दिन देखि मैले माया मारेकी थिए । अब प्रभुको सेवा गरेर बाँकि जीवन बिताउने हो ”



