३० चर्चका मुख्य पास्टर विश्वकर्माको अन्त्यष्टी सम्पन्न

  ।   २०७८ असार ४, शुक्रबार २३:१२

बर्दिया । बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वडा नं. ९ बनगाइ नयाँ जीवन चर्चका पास्टर गंगा बहादुर विश्वकर्माको शुक्रबार अन्त्यष्टी कार्य सम्पन्न भएको छ । देशका विभिन्न जिल्लाका ३० वटा चर्चका मुख्य पास्टर (धर्मगुरु) समेत रहनु भएका विकलाइ आफ्नै चर्चको कम्पाउण्डमा अन्तेष्टी गरिएको हो ।

असार ३ गते मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा उहाँको निधन भएको परिवारका सदस्य चन्द्र मिजारले बताउनु भयो । बैशाख २५ गते कोरोना पोजेटिभ देखिएपछि पास्टर विश्वकर्मालाई मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको अस्पताल स्रोतले बताउँछ । अस्पताल भर्ना भएको १ महिना ८ दिनमा उहाको निधन भएको छ । कोरोना पोजेटिभ देखिएको ३५ दिनमा कोरोना जाँच गराउदा नेगेटिभ रिपोर्ट आएको उहाँका छोरा जीवनले बताउनु भयो । लामो समय अस्पतालमा उपचाररत उहाँको शुक्रबार निधन भएपछि घरपरिवारले शुक्रबार नै बर्दिया पुर्‍याएका थिए ।लामो समय सामाजिक सेवामा समर्पित विश्वकर्माले समाजमा उदाहरणीय काम गरेको श्रद्धाञ्जली कार्यक्रममा उपस्थित एक आफन्तले बताउनु भयो । विश्वकर्माका माहिलो जुवाइ चन्द्र नेपालीले जीवनी पाठ गरेर सुनाउनु भयो । पास्टर विश्वकर्माले देशका बर्दिया, कैलाली, कंचनपुर, सुर्खेत, दैलेख, जुम्ला, मुगु, हुम्ला, भारत र भुटानमा समेत सेवकाइ गरेको जिवनिमा उल्लेख गरिएको थियो । करिव ५ सय जनाको उपस्थिति रहेको श्रद्धाञ्जली कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तिलकराम शर्मा (हिमाल) र बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारु( कविर) समेतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । त्यस्तै श्रद्धाञ्जली कार्यक्रममा पास्टर जीवन आचार्य, इन्द्र रसाइली, चन्द्र मिजार, डेविट कैनी, रामबहादुर थारु, विकास नेपाली, भागिराम थारु, प्रेमनारायण अधिकारी लगाएतले श्रद्धाञ्जली दिनुभएको थियो । अधिकांश सहभागीहरुले रोएर पास्टर विश्वकर्माका गुणको बरेमा बताएका थिए । कार्यक्रममा संगित सहित आराधना सेवा पनि संचालन गरिएको थियो । सो श्रद्धाञ्जली कार्यक्रममा परमेश्वरको वचन बाइबलबाट नेपालगन्ज इसाई समाजका अध्यक्ष डक्ट धिताले सान्तोना दिनुभएको थियो । धितालले नेपालका विभिन्न जल्लाबाट आएको श्रद्धाञ्जलीका समाचार पढेर सुनाउनु भयो । श्रद्धाञ्जली कार्यक्रम सो मण्डलीका पास्टर चन्द्र नेपालीले संचालन गर्नुभएको थियो ।

पास्टर विश्वकर्माका १ छोरो र ३ छोरी छन् । श्रीमती खगिसराले साहसी हुँदै आफ्नो श्रीमानको बिदाइ गर्नु भयो । श्रीमानले छोडेर गएपनि माया गर्ने समाज, छोराछोरी र मण्डली मै जीवन बिताउने खगिसराले बताउनु भयो । उहाले भन्नुभयो,” उहाले मलाइ कहाँ राख्छौ भन्नू भयो ? त्यही दिन देखि मैले माया मारेकी थिए । अब प्रभुको सेवा गरेर बाँकि जीवन बिताउने हो ”

Next Post

मटेहियामा प्रहरी कार्यालय उद्घाटन, संघीय सांसद अथक द्वारा प्रदेश सांसद नमुनाको खुलेरै प्रशंसा

२०७८ असार ४, शुक्रबार २३:१२
अशोक चौधरी                                                                बाँके । नरैनापुर गाउपालिकाको भोजभगवानपुरको इलाका प्रहरी कार्यालयको भवन शिलान्यास गरिएको छ । मटेहियामा राखिएको ईलाका प्रहरी […]

सम्बन्धित समाचार