आजदेखि सबै नागरिकलाई बुस्टर डोज दिइँदै

संक्रमण भएकाले कति समयपछि लगाउन मिल्छ ?

  ।   २०७८ फाल्गुन १, आईतवार ०७:०८

काठमाडौं । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले मिक्स म्याचको अवधारणाअनुसार बुस्टर डोजमा फरकफरक खोप पनि दिएको थियो । कोभिड–१९ संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।

Next Post

जोखिमपुर्ण अवस्थामा रहेका १८ जना महिला सिमानाकाबाट घर फर्किए

२०७८ फाल्गुन १, आईतवार ०७:०८
प्रेम विश्वकर्मा, गुलरिया । मानव बेचविखन विरुद्धको अभियानमा क्रियाशिल शान्ति पुनस्र्थापना गृह शाखा कार्यालय गुलरिया, बर्दियाले जोखिमपुर्ण अवस्थामा रहेका १८ जना महिलालाई सिमानाकाबाट उद्दार गरेको छ । कार्यक्रम संयोजक सपना शर्माका अनुसार यो तथ्यांक चालु आर्थिक बर्षको भदौं देखी माघ महिना अवधि भित्रको हो । उद्दार गरिएका सबैलाई आवाश्यक परामर्श पछि […]

सम्बन्धित समाचार