जोखिमपुर्ण अवस्थामा रहेका १८ जना महिला सिमानाकाबाट घर फर्किए

  ।   २०७८ फाल्गुन १, आईतवार १८:३७

प्रेम विश्वकर्मा, गुलरिया ।

मानव बेचविखन विरुद्धको अभियानमा क्रियाशिल शान्ति पुनस्र्थापना गृह शाखा कार्यालय गुलरिया, बर्दियाले जोखिमपुर्ण अवस्थामा रहेका १८ जना महिलालाई सिमानाकाबाट उद्दार गरेको छ ।

कार्यक्रम संयोजक सपना शर्माका अनुसार यो तथ्यांक चालु आर्थिक बर्षको भदौं देखी माघ महिना अवधि भित्रको हो । उद्दार गरिएका सबैलाई आवाश्यक परामर्श पछि घर, परिवार आफन्तहरुको जिम्मा लगाएको छ ।

कण्ठपुर, गणेशपुर, सुरजपुरमा बसेर नियमित निगरानी गरिरहेको शान्ति पुनस्र्थापना गृहले भारत हिँडेका १ हजार ३ सय जना महिलाहरुलाई परामर्श समेत दिएको छ ।

रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज सँग कुराकानी गर्दै संयोजक शर्माले भन्नुभयो, ‘हामीले हिंसा प्रभावित जोखिममा परेका महिला र बालबालिकाहरुलाई ७ दिन सम्म राख्न सकिने सेफ हाउस पनि संञ्चालन गरेका छौं ।’

 

यो पनि हेर्नुहोस ।

एनजीओको भरमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको मुद्दा

 

Next Post

बाँकेमा कोभिड–१९ को संक्रमणदर घट्यो, मृत्यु भने रोकिएन

२०७८ फाल्गुन १, आईतवार १८:३७
संवाददाता, नेपालगंज। बाँकेमा कोभिड–१९ को संक्रमणदर २३.०८ प्रतिशतमा झरेको छ । जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले आज सार्वजनिक गरेको विवरण अनुसार गत २४ घण्टाको अवधिमा बाँकेका ३ वटा पीसीआर ल्यावमा गरिएको ५२ जनाको जाँचमा १२ जना संक्रमित फेला परेका छन । जसमध्ये बाँके जिल्ला भित्रका ७ जना रहेको कोभिड […]