बाँकेमा कोभिड–१९ को संक्रमणदर घट्यो, मृत्यु भने रोकिएन

  ।   २०७८ फाल्गुन १, आईतवार १८:५७

संवाददाता, नेपालगंज

बाँकेमा कोभिड–१९ को संक्रमणदर २३.०८ प्रतिशतमा झरेको छ ।

जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले आज सार्वजनिक गरेको विवरण अनुसार गत २४ घण्टाको अवधिमा बाँकेका ३ वटा पीसीआर ल्यावमा गरिएको ५२ जनाको जाँचमा १२ जना संक्रमित फेला परेका छन ।

जसमध्ये बाँके जिल्ला भित्रका ७ जना रहेको कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको छ । यसैबीच, भेरी अस्पताल नेपालगंजको कोभिड वार्डमा उपचाररत २ जना कोभिड संक्रमित ब्यक्तिहरुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खजुरा गाउँपालिका २ बाँकेका २३ बर्षिय पुरुष, घोडाघोडी नगरपालिका ४ कैलालीका २२ बर्षिया महिला रहेका छन ।

मृत्यु हुने पुरुषले भेरोसेल नामक कोभिड विरुद्धको दुई मात्रा खोप लगाएको र महिलाले कुनै पनि खोप नलगाएको पाईएको छ ।

यो सगैं कोभिडको महामारी शुरु भएयता हालसम्म बाँके जिल्ला भित्रका ३ सय ५१ जना ब्यक्ति र बाँके जिल्लामा अन्य जिल्लाबाट उपचार गर्न आएका ४ सय ४६ जना ब्यक्तिहरुको मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले जनाएको छ ।

 

Next Post

नेकपा माओवादी केन्द्र नेपालगन्जले यसरी मनायो जनयुद्ध दिवस

२०७८ फाल्गुन १, आईतवार १८:५७
नेपालगन्ज । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले २७ औं जनयुद्ध दिवस साझ सहिद सेतुविक चोक नेपालगन्जमा दिपप्रज्वलन गरि मनाएको छ । नगर पार्टीले आज दिनभर विविध कार्यक्रम गरेरर जनयुद्ध दिवस मनाएको हो  । नेकपा माओवादी केन्द्रका अध्यक्ष आइपी खरेलको हातबाट दिप प्रज्वलनको उद्घाटन गरेको  नगर पार्टीले आजै आइतबार बिहान […]