आज बिहान १०ः३५ सम्म जाजरकोटमा ३ सय ११ परकम्प

  ।   २०८० कार्तिक १९, आईतवार १४:३६

नेपालगन्ज । राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आइतबार बिहान १०ः३५ सम्म जाजरकोटमा ३११ वटा परकम्प भएको जनाएको छ।

केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले साना ठुला गरेर आज बिहान १०ः३५ बजेसम्म ३ सय ११ वटा परकम्प भएको जानकारी दिनुभएको हो । जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि लगातार ३ वटा परकम्पका ठुला झडकाहरु गएका थिए।

केन्द्रका अनुसार शुक्रवार राति ११ः ४७, १२ः ०८, १२ः २९,१२ः ३५ गरी ४ पटक क्रमशः ६.४, ४.५, ४.२, ४. ३  म्याग्निच्युडको भूकम्प र परकम्प गएको थियो। पहिलो भूकम्पपछि जाजरकोटमा परकम्प जाने क्रम जारी छ।

भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ।

Next Post

भूकम्पपीडितलाई  व्यक्ति वा संस्थाले सिधै राहत वितरण गर्न नपाउने

२०८० कार्तिक १९, आईतवार १४:३६
काठमाडौँ । जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई व्यक्ति वा संस्थाहरुले सिधै राहत रकम वा कुनै पनि सामाग्री वितरण गर्न नपाउने भएका छन् । सरकारले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण गर्ने निर्णय गर्दै राहत वितरणलाई व्यवस्थित गर्न यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयले शनिबार नै राहत वितरणमा एकद्वार प्रणाली अपनाइने भनेको […]