नरैनापुरका सबै वडामा डिप बोरिङ जडान गर्ने अर्थमन्त्री शर्माको प्रतिबद्धता

  ।   २०७९ भाद्र १६, बिहीबार ०९:२९


बाँके । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले नरैनापुर गाउपालिकाका ६ वटै वाडामा डिप बोरिङ जडान गर्ने प्रतिबद्धता गर्नु भएको छ । नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहिबार बिहान नरैनापुरका अध्यक्ष स्तियाक अहमद साहसंगको भेटघाटमा सो प्रतिबद्धता जनाउनु भएको हो ।

नरैनापुरमा लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली  नष्ट हुन लागेको जानकारी अध्यक्ष शाहले गराउनु भयो । अध्यक्ष शाहको चिन्ता र चासोलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । काठमाडौं पुग्ने बित्तिकै सो सहयोग गर्ने प्रतिबद्धता सुनेपछि अध्यक्ष शाह खुसी हुनुभयो ।

अर्थ मन्त्री शर्माले भन्नु भयो, ´नरैनापुरको अवस्थाका बारेमा जानकारी भए पनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय हो । अब ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गरिन्छ । भारतीय सिमासंग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच  बढाउन पहल गर्छ । सुख्खा ग्रस्त क्षेत्रका लागि बिशेष व्याकेज ल्याइन्छ ।` अध्यक्ष शाहको मागलाई समर्थन गर्दै प्रेदेश सांसद कृष्णा केसी (नमुना) ले समेत अर्थमन्त्री शर्मालाई प्रतिबद्धताका लागि धन्यवाद दिनु भयो ।

Next Post

पर्यटन विकासका लागी नीजि क्षेत्र पनि लाग्नु पर्छ : प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाह

२०७९ भाद्र १६, बिहीबार ०९:२९
संवाददाता, नेपालगंज । पर्यटन विकासका लागी नीजि क्षेत्रले सहकार्य गर्न नचाहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले बताउनुभएको छ । रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज सँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘टाढाको कुरा के गर्नु यही बर्दियामा पर्यटन विकासका लागी नीजि क्षेत्र आफै लागेका छन । बाँकेमा त्यसो देखिदैन […]

सम्बन्धित समाचार