नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षीय पुरुषको उपचारका क्रममा बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
निमोनिया पीडित ति ब्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई गत भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । बिरामीको अवस्था जटिल बन्दै गएपछि कोरोनाको उपचारकालागि आवश्यक सबै उपाय अवलम्वन गर्दासमेत उहाँलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको उपचारकालागि ४ वटा भेन्टिलेटरको प्रयोग गरिएको थियो । उपचारकै क्रममा बिहान साढे १० बजे बिरामीको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार मृतक बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष हुन् ।