बाँके । बाँके जिल्लामा नोबेल कोरोना भाइरस (कोभिड– १९) संक्रमितहरुको संख्या १ हजार ७०२ जना पुगेको छ ।
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार पछिल्लो चौबीस घण्टामा जिल्लामा २८ जना सङ्क्रमित थपिएका छन् ।
भेरी अस्पताल पीसीआर ल्याबबाट १६ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुर पीसीआर ल्याबबाट ९ जना, बागेश्वरी पीसीआर ल्याबबाट ३ जना गरि २८ जनामा कोभिड– १९ पोजेटिभ प्रमाणित भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ७७ जना निको भई डिचार्ज भएका छन् । योसँगै जिल्लाभर निको भइ डिस्चार्ज हुनेको संख्या १ हजार ३३७ जना पुगेको छ ।
हालसम्म जिल्ला भित्रका ११ जना र जिल्ला वाहिरका यस जिल्लामा ५ जनाको मृत्यु भएको (डी.सीसी.एम.सी.) बाँकेल जनाएको छ । अहिले ३५४ जना उपचारमा रहनुभएको छ ।
बाँकेमा विरामीमा निको दर ७८.५५ प्रतिशत, मृत्युदुर ०.६५ प्रतिशत रहेको छ । यसैगरी बाँकेको रोगको प्रकोप दर ०.२८ प्रतिशत रहेको छ ।





