सर्पदंश सम्बन्धि अभिमुखीकरण

  ।   २०८१ भाद्र ३०, आईतवार १०:४२

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकामा सर्पदंश सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । सर्पदंश सम्बन्धि जानकारी दिई सचेतना प्रदान गर्नका लागि पालिकाको चिसापानी स्वास्थ्य चौकीमा एकदिने सर्पदंश सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

बैजनाथ १ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना, चिसापानी स्वास्थ्य चौकीको समन्वय र रोटर्याक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा सर्पदंश सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।स्वास्थ्य चौकीका स्वयंसेविका, नर्स तथा स्वास्थ्यकर्मीहरु, संस्थाका सदस्यहरु, बैजनाथ गाउँपालिका कार्यपालिका सदस्य तथा स्थानीयहरुलाई उक्त अभिमुखीकरण प्रदान गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा मेडिकल कलेज नेपालगन्जका ईन्टर्न डा.सहरोज सिद्दिकी, डा.प्रयुत्सु पोखरेल, एमविविएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी निरजप्रसाद शाह, तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु आयुश्वी राज्यलक्ष्मी रिजाल, प्रविन विश्वकर्मा, निशाढ भट्ट र ओमकार दत्तले सहजीकरण गर्नुभएको थियो ।

क्लबका निरजप्रसाद साहले सर्पका प्रकार, पाइने स्थानहरु, सर्पदंश पश्चात्का लक्षणहरु तथा विषालु र विषालु नभएका सर्पका भिन्नताहरु र उनीहरुको पहिचानका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले बाँके र बर्दिया जिल्लामा रहेका सर्पदंश उपचार केन्द्रहरुका बारेमा पनि जानकारी गराउनुभयो । साहले सर्पले टोकिहालेमा उपचार केन्द्रहरुमा तत्काल पुग्नुपर्ने र टोक्नु भन्दा अगाडि नै सर्पदंशबाट बच्नका लागि विभिन्न कुराहरुमा ध्यान दिएर सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो ।

क्लबका पूर्वअध्यक्ष समेत रहनुभएका ईन्टर्न डा.सहारोज सिद्दिकीले सर्पदंशको व्यवस्थापनका पाँच चरणहरुका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले प्रारम्भिक उपचार र उपचार केन्द्रमा तत्काल ट्रान्सपोर्टको महत्वको बारेमा प्रष्ट पार्नुभएको थियो । त्यसैगरी आश्वासन, स्थिरीकरण, अस्पताल जानुहोस्, र डाक्टरलाई भन्नुहोस्, का बारेमा पनि उहाँले व्याख्या गर्नुभएको थियो ।

अन्य मौसममा भन्दा बर्षातको मौसममा सर्पहरु धेरै सक्रिय भई जमिन बाहिर निस्केर सर्वसाधारणलाई टोक्ने गरेकाले सर्पदंशबाट हुने मानवीय क्षती तथा जोखिमलाई न्यूनीकरण गर्नका लागि सचेतनामूलक अभिमुखीकरण कार्यक्रम गरिएको तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी प्रविन विश्वकर्माले जानकारी दिनुभयो ।

Next Post

बाँकेको उच्चस्तरीय टोलीद्धारा भारी बर्षा सम्बन्धि परियोजना अनुगमन

२०८१ भाद्र ३०, आईतवार १०:४२
नेपालगन्ज । युके एड, स्टार फन्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँकेमा सञ्चालन गरिएको एन २३ अन्तर्गत तराईका जिल्लाहरूमा भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको जिल्लास्थित एक उच्च स्तरीय टोलीले अनुगमन गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले नरैनापुर गाउँपालिका ६ […]

सम्बन्धित शीर्षक