टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै

  ।   २०७८ श्रावण १२, मंगलवार ०७:२९

काठमाण्डौं । टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले आज प्रतिस्पर्धा गर्दैछन् ।

एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । एलेक्स हिट वानमा रहेका छन् । सात खेलाडी रहेको हिट वानमा एलेक्स छैटौँ लेनमा रहेका छन् । एलेक्स रहेको हिट वानमा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइल्यान्डसका खेलाडी रहेका छन् ।

पौडीकै गौरिका सिंहले भोलि खेल्दै छिन् । गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन् ।

टोकियोमा चलिरहेको ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ ।

यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीनरतीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुईरदुई वटा पदक जितेका छन् । -उज्यालो अनलाइन

Next Post

अमेरिकी उपविदेशमन्त्रीको चीन भ्रमण : आफ्नो नेतृत्वलाई बदनाम नगर्न बेइजिङको आग्रह

२०७८ श्रावण १२, मंगलवार ०७:२९
काठमाण्डौं । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनको चीन भ्रमण दुई देशको सम्बन्ध सुधारमा केन्द्रित भएको छ । उहाँ नयाँ सरकार गठनपछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुनुहुन्छ । अमेरिकी उपविदेशमन्त्रीसँगको भेटवार्तामा चीनका समकक्षी शी फङले आफ्नो नेतृत्वलाई बदनाम नगर्न आग्रह गर्दै अमेरिका चीनबीचको तिक्तता मेटाउनुपर्नेमा जोड दिनुभएको छ । अमेरिकी […]