सहरी विकास मन्त्री नमुनालाई सम्मान कोहलपुर,

  ।   २०८० पुष १६, सोमबार १५:४६

कोहलपुर । कोहलपुर नगरपालिकाले लुम्बिनी प्रदेशका नवनियुक्त सहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बधाई ज्ञापन गरेको छ । सोमबार एक कार्यक्रमकाबीच शुभकामना तथा बधाई ज्ञापन गरेको हो ।

कार्यक्रममा बोल्दै मन्त्री केसीले विकास र समृद्धिका लागि दुवै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो  । उहाँले स्थानीय सरकारको विकासमा प्रदेश सरकारको पनि भूमिका रहने भन्दै स्थानीय सरकारले पनि पालिकाको विकासका लागि प्रदेश सरकार र मातहतका मन्त्रालयसँग सहकार्य र समन्वय गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री केसीले कोहलपुरको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट सक्ने जति पहलकदमी जारी रहने बताउनुभयो ।  उदाउँदो सहरका रुपमा रहेको कोहलपुरको विकासमा भूमिका खेल्ने उहाँंको प्रतिबद्धता थियो ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले मन्त्री केसीको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । मन्त्री केसीबाट कोहलपुरको विकास र समृद्धिमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त भएको प्रति उहाँले खुसी प्रकट गर्नुभयो । नगरप्रमुख आचार्यले प्रदेश सरकार र मन्त्रालयबाट कोहलपुरको विकासका लागि दीर्घकालीन प्रभाव राख्ने योजनामा अग्रसरता हुने अपेक्षा राखिएको पनि बताउनुभयो ।

कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले सिंगो बाँके जिल्लाले महिला मन्त्री प्राप्त गरेको भन्दै महिलाहरुका सवालमा पनि नतिजामूखी काम हुने बताउनुभयो । उहाँले कोहलपुरको विकासमा सबैको भूमिका महत्वपूर्ण रहेको भन्दै एकताबद्ध रुपमा अघि बढ्न आवश्यक रहेको बताउदै सोही अनुसार आगामी दिनमा सबै पक्ष बृहत हितमा अग्रसर भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य, विषयगत समितिका संयोजक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Next Post

आर्थिक विकास र समृद्धि हासिल गर्न अन्तर पार्टी एकता आवश्यक

२०८० पुष १६, सोमबार १५:४६
सबिता चन्द नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले सोमबार ४८औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’को अवसरमा नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतान्त्रिक गणतन्त्रलाई अझ समुन्नत र सुदृढ बनाउँदै मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न अन्तर पार्टी एकता र मेलमिलापमा जोड दिइएको छ । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद […]