फ्रान्समा कोरोनाविरुद्धको खोप लगाउन नमान्ने तीन हजार स्वास्थ्यकर्मी निलम्बनमा

  ।   २०७८ आश्विन १, शुक्रबार ०७:१९

एजेन्सी । फ्रान्समा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउन नमान्ने तीन हजार स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् ।

फ्रान्सको नयाँ नियमअनुसार झन्डै २७ लाख स्वास्थ्यकर्मी, केयर होममा काम गर्ने र अग्नि नियन्त्रकका लागि खोप अनिवार्य गरिएको छ । तर खोप लगाउन नमानेपछि तीन हजार जनालाई निलम्बन गरिएको बीबीसीले जनाएको छ । फ्रान्सका स्वास्थ्य मन्त्री ओलभियर भेरानले उनीहरूलाई अस्थायी रूपमा निलम्बन गरिएको जानकारी दिँदै खोप लगाउन पुनः आग्रह गरिएको जानकारी दिनुभएको छ ।

यसअघि राष्ट्रपति इमानुएल म्याक्रोनले १२ जुलाईमा चेतावनी दिँदै सेप्टेम्बर १५ सम्म कम्तीमा एक मात्रा भए पनि खोप लगाउनैपर्ने र नलगाएमा राजीनामा दिनुपर्ने बताउनुभएको थियो ।

फ्रान्समा लाखौँ जनाले खोप लगाउन अस्वीकार गर्दा कोरोना नियन्त्रणमा समस्या भएको स्वास्थ्य अधिकारीले जनाएका छन् । कोरोनाविरुद्धको खोप नलगाउन केही समूहले अभियान नै चलाएका छन् । तर अहिलेसम्म ९० प्रतिशत वयस्कले खोप लगाइसकेका र अब १२ वर्षमाथिका बालबालिकालाई पनि खोप लगाउन सुरु गरिने खबरमा उल्लेख छ ।

Next Post

विकृति र अराजकता मौलाएका कारण समाजमा अपेक्षित रूपान्तरण हुन सकेन : उप सचिव खतिवडा

२०७८ आश्विन १, शुक्रबार ०७:१९
महेन्द्रनगर । कञ्चनपुरमा एकल महिला समुहको आयोजनामा सुरु भएको ४ दिने उधमशिलता तालिम बिहिबार सम्पन्न भएको छ । नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता कार्यक्रमले कञ्चनपुर र डोटीका ४० जना महिला जनप्रतिनिधी, एकल महिला र दलित महिलाहरुको सहभागितामा सुरु भएको तालिमको समापन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापाले […]