बाँके प्रशासनका चाडपर्वलक्षित विशेष सुरक्षा योजना

  ।   २०८० कार्तिक ५, आईतवार ११:१९

रन्जित कुमार चौधरी

नेपालगन्ज । बाँकेका ३१ स्थान सुरक्षाका दृष्टिले संवेदनशील भएको प्रशासनले जनाएको छ । चाडपर्वलक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनीतिक पक्षहरू सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो जनाएको हो ।

बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जिल्लामा चाडपर्वलक्षित विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला भित्रका विभिन्न ३१ स्थानलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको बताउनुभयो । सम्भावित घटना हुन नदिन जिल्ला भित्र पहिचान गरिएका विभिन्न ३१ स्थानमा विशेष सुरक्षा सतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो । प्रजिअ पोखरेलका अनुसार उक्त स्थानमा २४ सै घण्टा नेपाल प्रहरीको पिकेट ९७–८ जनाको प्रहरी टोली० रहनेछ ।

प्रजिअ पोखरेलले राजमार्गको सुरक्षा र सम्भावित उद्धारलाई फोकस गरेर सशस्त्र प्रहरीको थप २८ वटा पिकेट स्थापना गरी सुरक्षा प्रदान गरिने व्यवस्था मिलाइएको छ ।

जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक÷एक वटा कमान्ड पोस्ट स्थापना भैसकेको, नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४सै घण्टा नै गस्ती गरिने व्यवस्था गरिएको, दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको, आकस्मिक उद्वार र मद्दत कालागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्ड बाई रहने व्यवस्था गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने व्यवस्था गरिएको, कोहलपुर र नेपालगन्जमा जगेडा जनशक्ति तैनाथ राखिएको, यात्रुको सहजताका लागि यसअघि नै जमुनाहा नाका, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलका अनुसार लामो दूरीका सवारी साधनमा डवल चालक भए नभएको तथा चालक रिफ्रेस सेन्टरजस्ता पक्षमा समेत अनुगमन गरिने व्यवस्था पनि गरिएको छ ।

चाडबाड अवधिभर नियमित ट्राफिक चेकिङ जारी रहने, आर्थिक कारोबार हुने मुख्य चार स्थानमा सशस्त्र प्रहरीद्वारा नियमित गस्ती गरिने, मेला÷पर्व हुने मुख्य स्थानहरू सिधनियाघाट, मान खोला, रामलीला मैदानको सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरीको गस्ती परिचालित गरिने, नगर क्षेत्रभित्रका विभिन्न धार्मिक स्थलको सशस्त्र प्रहरी बलद्वारा सघन गस्ती गरिने व्यवस्था गरिएको छ ।

मुख्य औद्योगिक तथा व्यापारिक केन्द्रमा सशस्त्र प्रहरी बलद्वारा विशेष सुरक्षा निगरानी राखिने, आतसबाजी लगायतका अवैध विस्फोटक पदार्थको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीका ११ टोली परिचालित गरिने जनाइएको छ ।

सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकहरूलाई सुरक्षा प्रदान गर्नका लागि नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्र प्रहरीका  चार सय ९५ जना गरी कुल एक हजार ५ सय ८  सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

आफ्नो नजिक कुनै घटना तथा दुर्घटना भएमा तुरुन्तै १०० नम्बरमा फोन गरी प्रहरीलाई जानकारी गराउन पनि प्रजिअ पोखरेलले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

Next Post

पाल्पाको बैकुण्ठे भिरमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

२०८० कार्तिक ५, आईतवार ११:१९
पाल्पाको रानीमहलतर्फ जाँदै गर्दा बैकुण्ठे भिरमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । आइतबार बेलुका करिब ५ बजेतिर जीप बैकुण्ठे भिरबाट बराङ्गदी खोलामा खसेपछी दुर्घटनास्थलमै उनीहरुको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाका अनुसार दुर्घटनाको वास्तविक कारण पत्ता न लागे पनि, सो सडक खण्ड अलि […]