पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ जनामा कोरोना पुष्टि

  ।   २०७७ मंसिर १, सोमबार १७:१९


काठमाडौं । सोमबार थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ मा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको छ।

त्यस्तै गएको २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७६ हजार ३ सय ६४ रहेको मन्त्रालयले जनाएको छ।

Next Post

बाँकेमा कोरोना संक्रमित बिरामी निको हुने दर ९२ दशमलव १४ प्रतिशत, तीन हजार ६ सय एक जनामा कोरोना पुष्टि

२०७७ मंसिर १, सोमबार १७:१९
बाँके । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या तीन हजार ६ सय एक पुगेको छ । सोमबार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार तीन […]