‘वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा’ नामक परियोजना शुभारम्भ

  ।   २०८० बैशाख ७, बिहीबार १२:४२

संवाददाता, सुर्खेत ।

एउटा औपचारिक कार्यक्रमका बीच कर्णाली प्रदेशमा ‘वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा’ नामक परियोजना शुभारम्भ गरिएको छ ।

यही वैशाख ५ गते पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालबीर भण्डारी लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा परियोजनाको शुभारम्भ गरिएको हो ।

युथ इन्नोभेसन ल्याव र यसका सहयोगी साझेदारहरु रेस्टलेस डेभलपमेन्ट, क्रियशन र सिडिएमएसलको आयोजनामा भएको परियोजना शुभारम्भ कार्यक्रममा ‘वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा’ परियोजनाको शुभारम्भ र नगरप्रमुख भण्डारीद्वारा इन्नोभेस ग्रान्ट (अनुदान), २०२३ का लागि गरिएको आह्वान नै मुख्य आकर्षण रहेको थियो ।

युरोपेली संघद्वारा वित्तीय सहायता प्रदान गरिएको परियोजनाले १५–२९ वर्ष उमेरका युवालाई हरित अर्थव्यवस्थाको क्षेत्रमा उनीहरूको उद्यमशीलता अभिवृद्धि गर्न र विपद् तथा जलवायु सम्बन्धी शासन र पैरवीमा संलग्न गराउन एउटा मञ्च प्रदान गरी सशक्तीकरण गर्ने लक्ष्य लिएको छ ।

सन् २०२२ मा मधेश प्रदेशमा सफलतापूर्वक सम्पन्न भएको परियोजना सन् २०२३ का लागि कर्णाली प्रदेशमा कार्यान्वयन गरिदैछ । यस परियोजनाका तीनवटा अवयव (कम्पोनेन्ट) जलवायु फेलोशिप, जलवायुमैत्री उद्यमशीलता र तथ्याङकमा आधारित एडभोकेसी रहेका छन ।

परियोजनाको सिंहावलोकनका क्रममा परियोजना प्रमुख गोमा कार्कीले ९ वटा स्थानीय सरकारमा जलवायु फेलोशिपको अवयव (कम्पोनेन्ट) लागू गरिने बताउनुभयो ।

ती स्थानीय तह चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, ठाटीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, खडाचक्र नगरपालिका, महावाई गाउँपालिका, नरहरीनाथ गाउँपालिका र तिलागुफा नगरपालिका रहेका छन् । यसका साथै, कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा समेत यसलाई लागू गरिनेछ ।

विपद् पोर्टलको स्थानीयकरण र स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तयार गर्ने कार्यमा मद्दत गर्न यी सरकारका कार्यालयहरुमा प्राविधिक रुपमा दक्ष तथा निपुर्ण १० जनाको एउटा समूह परिचालन गरिनेछ ।

यसैगरी, कार्कीले जलवायुमैत्री उद्यमशीलताको कम्पोनेन्ट मार्फत हरित विकास सम्बन्धी उत्कृष्ट विचार (आइडिया) प्रस्तुत गर्ने ६ जनालाई इन्नोभेसन ग्रान्ट (अनुदान) प्रदान गरिने जानकारी दिनुभयो । उक्त अनुदान पाएपछि उनीहरुलाई आफ्ना व्यवसायिक विचारलाई थप परिष्कृत बनाउन मेन्टरहरुसँग मिलेर काम गर्ने अवसर प्राप्त हुनेछ ।

साथै, कर्णाली प्रदेशबाट छनौट गरिएका डिजिटल स्वयंसेवकहरुले वातावरणीय तथा जलवायु सम्बन्धी सरोकारका विषयहरुमा तथ्याङक संकलन गरी नीतिगत परिवर्तनका लागि उक्त तथ्याङक नीति निर्माताहरु समक्ष प्रस्तुत गर्नेछन् ।

चार वर्षे योजना मधेश प्रदेशबाट सुरु भएको हो । मधेस प्रदेशबाट सिकेको सिकाइ कर्णाली प्रदेशमा दोस्रो वर्ष, सुदूरपश्चिम तेस्रो वर्ष र अन्तिम वर्षमा मधेसमा कार्यान्वयन गरिने जनाईएको छ ।

Next Post

‘लु’ के हो ? यसका लक्षणहरु के–के हुन ?

२०८० बैशाख ७, बिहीबार १२:४२
नियमित भन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने लु लाग्छ । लु लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ । तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला […]

सम्बन्धित शीर्षक