नन्दलाल बैष्य माओवादी छोडेर राप्रपामा प्रवेश

  ।   २०७९ बैशाख ८, बिहीबार १७:२५

संवाददाता, नेपालगंज

नेकपा माओवादी केन्द्रबाट नेपालगंज उपमहानगरपालिकाको नगरप्रमुखको दाबी गरिरहनुभएका नन्दलाल बैष्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ ।

उहाँलाई राप्रपाका महामन्त्री डाक्टर धवल शम्शेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा लगायतले आज पार्टीमा स्वागत गर्नुभएको हो ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा नन्दलाल बैष्यको प्रवेशलाई विशेष चासोका साथ हेरिएको छ । ब्यवासायिक पृष्ठभूमिका नन्दलाल बैष्य नेकपा माओवादी केन्द्रको नेपालगंज नगरसमितिमा पनि रहनुभएको थियो ।

#नन्दलाल_बैष्य      #नेपालगंज

Next Post

नेपालगन्ज-१९ अध्यक्षमा माओवादी बाट मिना मल्ल सिफारिस, ´हामीलाई महिला नै अध्यक्ष चाहिन्छ सर्वसाधारण`

२०७९ बैशाख ८, बिहीबार १७:२५
    नेपालगन्ज । नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९  माओवादीले मिना मल्ल लगायत २ जनालाई अध्यक्षमा सिफारिस गरेको छ । महिलालाई पहिलो प्राथमिकतामा राखेर टिकट वितरण गरे जनताले साथ दिने विश्वा मल्लको छ । लामो समय देखि नेकपा माओवादी केन्द्रको राजनीति गर्दै आउनु भएका नेता मल्ल नै नेकपा […]