नेपालगन्जमा सद्भाव र्‍याली निकालिदै

  ।   २०८० आश्विन १५, सोमबार १७:११


नेपालगन्जमा विभिन्न धर्मका समुदाय बिच मंगलबार ´सद्भाव र्‍याली` निकालिने भएको छ । केहीदिन यता समाजिक सद्भावमा समस्या देखिन थालेपछि सो र्‍याली निकालिने भएको हो ।

सोमबार जिल्ला कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले ´सद्भाव र्‍याली` आयोजना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

सदभाव समितिको सहकार्यमा  जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गर्न लागेको सद्वभाव र्‍यालीमा सम्पूर्ण नेपालगञ्जवासीसहित सम्पुर्ण धर्मावलम्बीहरु, नागरिक समाजका अगुवाहरुलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छ

नेपालगञ्जको बिपि चौकबाट मंगलवार बिहान ७ बजे निस्किने र्‍यालीले नगरको परिक्रममा गर्ने बताइएको छ । नेपालगञ्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न र्‍याली आयोजना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिनुभयो । नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबिच कुनै किसिमको द्वेष नरहेको सन्देश दिनका निमित्त “सद्भाव र्‍याली” निकालिन लागिएको प्रजिअ आचार्यले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार बसेको सर्वपक्षीय बैठकमा नेपालगञ्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुर्‍याउने खालका धार्मिक एवम् सामुदायिक प्रकारका र्‍याली, जुलुस, प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनै पनि समुदाय र सङ्घसंस्थाले नगर्ने सहमति गरिएको छ ।

बैठकमा नेपालगञ्जका मेयर प्रसान्त बिष्ट , उपमेयर कमरुद्दीन राई, अन्तरधार्मिक संजालका संयोजक चन्द्र नाथ योगी , मौलाना अब्दुल जब्बार मन्जरी, नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन कादरी, धार्मिक सद्भाव समितिका संयोजकहरु दिपक लोध, गुलाम हुसेन हल्वाइ, नेपाली काग्रेसका सभापति नारायण गौडेल, नेकपा एमालेका सभापति किस्मत कुमार कक्षपति, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल, राप्रपा नेपालका दिपेन्द्र सिंह, जनमतका केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज तेजनारायण कडेल सहित सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

Next Post

संस्थाको क्षमता बिकासकालागि तीन दिने रणनितिक योजना तर्जुमा गोष्ठि

२०८० आश्विन १५, सोमबार १७:११
नेपालगन्ज । बाँके युनेस्को क्लबको क्षमता सबलीकरणका लागि तीन दिने समिक्षा तथा रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ । संस्थाको परिकल्पना, ध्येय, उदेश्य, रणनितिक योजना र अन्य निति बारे समिक्षा गर्दै संस्थाको सबलीकरण र संस्थागत विकासका लागि सो कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले […]