बाँकेमा कोरोना संक्रमितहरुको संख्या १ हजार ५ सय ९९ जना पुगेको छ ।
आज मात्रै पनि भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा ८ जना, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पीसीआर प्रयोगशालामा १ जनामा कोरोनाको संक्रमण पाईएको छ ।
संक्रमित मध्ये १ हजार २ सय ४४ जना ब्यक्तिहरु निको भएका छन । हाल सम्म बाँकेमा १० जना ब्यक्तिहरुको मात्र मृत्युभएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।
बाँकेमा मृत्युदुर ०.६३ प्रतिशत, बिरामी निको हुने दर ७७.८० प्रतिशत रहेको छ । यसैगरी रोगको प्रकोप दर ०.२७ प्रतिशत रहेको छ ।