ट्राइसाइकल पाएपछि अपाङ्गता भएकाहरु उत्साहित र खुशी

  ।   २०८० पुष ४, बुधबार १५:५५

नेपालगन्ज। बाँके युनेस्को क्लबले हील नेपालसँगको सहकार्य र कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका तीनवटा पालिकाका अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण गरेको छ । क्लबले बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका अपाङ्गता भएका ७ जना स्थानीय बासिन्दालाई ट्राइसाइकल वितरण गरेको हो ।

अपाङ्गता भएकाहरुलाई सो ट्राइसाइकल वितरण स्थानीय पालिकाका प्रतिनिधिहरुले बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बिनिता आरसी, सामाजिक संरक्षण अधिकृत गुलाम गौस, फिल्ड सुपर भाइजर अर्पित सिंह र डेक नेपालका रमेश शर्मा र टेकराज जैसीको उपस्थितिमा गर्नु भएको थियो ।यसअघि ती अपाङ्गता भएका ७ जना स्थानीयहरुसँग ट्राइसाइकलको सुविधा नभएकाले घरमै थुनिएका थिए र एक्लोपन महसुस गरिरहेका थिए । तर, अहिले ट्राइसाइकल पाएपछि उनिहरु अन्य व्यक्तिजस्तै घर बाहिर हिडडुल गर्न सक्ने भन्दै निकै उत्साहित भएका छन् । शारीरिक रूपमा अपाङ्गता भएकी विमला थापाले ट्राईसाइकल नहुँदा धेरै समस्या भोग्नुपरेको र अरूको भर पर्नुपरेको दुःख सुनाउनुभयो ।

उहाँले यो ट्राइसाइकल सहयोगले कुनै पनि साना आयआर्जनका गतिविधिमा समेत संलग्न हुने अवसर सिर्जना गर्ने जनाउँदै यसबाट आर्थिक समस्या पनि समाधान हुने बताउनुभयो । सोही प्रकारले ट्राईसाइकल पाएका अन्य व्यक्तिहरुले पनि यसबाट निकै उत्साहित बनेको जनाउँदै उसले सहज आवतजावतका लागि धेरै सहयोग पुग्ने र आत्मनिर्भर बनाउँदै आफ्नो दैनिक काममा पनि सहज हुनुका साथै सम्मानजनक जीवनयापन गर्न सकिने प्रतिक्रिया दिएका छन् । कतार च्यारेटि नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बाँकेमा विपन्न, गरिब र अपांगता भएकाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आएको क्बलका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

Next Post

फोहोर व्यवस्थापनका लागि सचेतना अभियान

२०८० पुष ४, बुधबार १५:५५
नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको छ । नगरवासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाउन सो अभियान चलाएको जनाएको छ । पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको छ । पर्चा पम्प्लेट वितरण र माइकिङ्ग गर्दै फोहोर जथाभाबी […]

सम्बन्धित समाचार