सविता चन्द
बाँके | बाँकेमा जोर बिजोर प्रणाली शुरु भए संगै आज (आइतबार) जोर सवारी साधन चलाउन पाइने छ । सनिवार बिजोरको पालोमा ७० हजार जरिवाना उठेको थियो भने आज आइतबार जोर सवारी साधनको पालो भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
कोरोना जनस्तरमा फैलिए संगै संक्रमण फैलिन नदिन भौतिक दुरि कायम राख्न जोर-बिजोर प्रणाली लागू गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो ।
प्रजिअ कुरूम्वाङका अनुसार आइतबार सवारी साधनको नम्बर प्लेटको अन्तिममा ०, २, ४, ६ र ८ नम्बर रहेका सवारिसाधन मात्र संचालन गर्न पाईने छ । कोहलपुर छोडेर बाँकि बाँके जिल्ला भर यो नियम लागू गरिने छ । कोहलपुर नगरपालिका भरी निषेधाज्ञा लागू गरिएकोले जोरबिजोर प्रणाली लागु नहुने प्रजिअ कुरुम्वाङले थप्नु भयो ।