आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

  ।   २०७८ कार्तिक २७, शनिबार १८:०५

संवाददाता ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो ।

परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सिटिइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिनुभयो ।

आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ ।

ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताउनुभयो ।

परिषद्तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन् । ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज हुन ।

सेतोपाटीबाट

Next Post

इनटरनेशनल मीडिया कन्फ्रेन्सको तयारीमा नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश समिति

२०७८ कार्तिक २७, शनिबार १८:०५
संवाददाता, नेपालगंज। नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश समितिले लुम्बिनीमा अन्र्तराष्ट्रिय मीडिया सम्मेलन गर्ने निर्णाय गरेको छ । अर्घाखाँचीको सितगंगा ८ सातमारा भालुबाङमा प्रदेश अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णाय गरेको हो । यस्तै प्रदेश अन्र्तगत पर्ने १२ जिल्लाका १ हजार ७ सय पत्रकारहरुको प्रदेश कार्यसमितिले जारी गरेको […]