डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा त्रिपुरासुन्दरी नगरपालिकाका स्टिम अहेड परियोजना सन्चालित १६ वटा विद्यालयका प्रधानाद्यपकहरुलाई एकिकृत शैक्षिक ब्य्वस्थापन (IEMIS) सम्बन्धी दुई दिने तालिम मंगलबार समापन भएको छ ।
तालिम युरोपिएन युनियनको आर्थिक सहयोग तथा प्लान इन्टरनेसनल नेपाल र समाज जागरण नेपालको आयोजनामा सम्पन्न भएको हो । कर्याक्रममको उद्घाटन सत्रमा त्रिपूरा सुन्दरी नगर्पालिका शिक्षा शाखा प्रमुख भिम बहादुर थापाको अध्य्क्षतामा सम्पन्न भएको थियो । कर्यक्रममा सहजिकरण सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशका अधिकृत आठौं बलवीर सुनारले गर्नु भएको थियो भने परियोजनाको बरेमा परियोजनाका कार्यक्रम बिज्ञ प्रेम बहादुर चन्दले गर्नु भएको थियो ।
कार्यक्रम सन्चालन प्लान ईन्टरनेशनल नेपालका अनुगमन तथा मूल्याकंन अधिकृत निर्मल नेपालीले गर्नु भएको थियो । अद्यावधिक गरिएको एकिकृत शैक्षिक ब्यबस्थापन प्रणालिको बिषयमा प्रशिक्षण गरिएको यो पहिलो पटक हो । समय सान्दर्भिक सहयोग तथा अवसरकालागि प्लान ईन्टरनेशनल नेपाल तथा समाज जागरण केन्द्र स्याक नेपाललाई बल वीर सुनारले धन्यवाद ग्यापन गरेका छन



