असोज १५ पछि कोरोनाको तेस्रो लहर शुरु हुनसक्छ : स्वास्थ्य मन्त्रालय

  ।   २०७८ श्रावण ११, सोमबार १६:४०

संवाददाता ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज र कात्तिक बीचमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा आज भएको छलफलमा मन्त्रालयको नीति योजना तथा अनुगमन माहाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले हालको संक्रमण दर यहि रुपमा स्थिर रहे असोज १५ पछि तेस्रो लहर आउने सम्भावना रहेको बताउनुभयो ।

मन्त्रालयले आगामी मंसीरसम्ममा करिब २ लाख नयाँ संक्रमित थपिने समेत पक्षेपण गरेको छ ।

ती मध्ये ३८ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने र करिब १० हजारलाई सघन उपचार चाहिने पनि डाक्टर लोहनीले बताउनुभयो । संक्रमणको तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने अनुमान पनि स्वास्थ्य मन्त्रालयले गरेको छ ।

इमेज खबरबाट

Next Post

चैतसम्म तीन करोड मात्रा खोप आउने

२०७८ श्रावण ११, सोमबार १६:४०
काठमाडौँ । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म तीन […]