आज काग तिहार, कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदै

  ।   २०७७ कार्तिक २८, शुक्रबार ०७:१५


नेपालगन्ज । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपाको सचिवालय बैठक बस्दै : एजेण्डाबारे ओली र प्रचण्डद्वारा आफू निकट नेताहरुसँग छलफल

२०७७ कार्तिक २८, शुक्रबार ०७:१५
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठक दिउँसो ४ बजे बस्ने गरी बोलाइएको नेकपाले जनाएको छ । महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो । नेकपाको विधानमा सचिवालय बैठक दुई अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल […]