बर्दियामा शिक्षकहरुका लागि दुई दिने बिशेष तालिम सम्पन्न

  ।   २०८१ फाल्गुन ५, सोमबार १८:४३

नेपालगन्ज । विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उदेश्यले बर्दिया जिल्लाका शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा व्यवस्थापन प्रणाली व्यवस्थापन तालिम दिइएको छ ।

दुईदिनसम्म चलेको सो तालिम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपको आर्थिक र प्राविधिक सहयोगमा संचालन गरिएको थियो । विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै सूचनाहरु एकीकृत रुपमा चुस्तदुरुस्त राख्ने हेतुले सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको आयोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्र काठमाडौंको सहयोगमा सञ्चालित उक्त तालिममा बर्दिया जिल्लाका ८ वटै स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी, प्रत्येक पालिकाका ३–३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

सफ्टवेयर सम्बन्धि ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्न समस्या भइरहेको र धेरैलाई यो सम्बन्धि ज्ञानको अभाव रहेकोले त्यसको समाधान गर्न र हरेक विद्यालयका गतिविधिलाई प्रबिधिसंग जोडन यस तालिमको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सुर्य बहादुर खत्रिले जानकारी दिनु भयो ।

प्रमुख खत्रिले सुचना प्रणाली चुस्त दुरुस्त भएको खण्डमा योजना बनाउन सजिलो हुने र जुनसुकै योजना बनाउन अभिलेख आबश्यक पर्ने तथा बालबालीकाको सिकाइस्तर बढाउनकालागी जिल्लास्तरमा शिक्षासंग काम गर्ने साझेदार सस्थाहरु संग मिलेर काम गर्ने प्रयास गरिरहेको बताउनु भयो । सो तालिमले शैक्षिक सुचना व्यवस्थापनमा थप मद्धत पुग्ने र सम्पुर्ण सुचनाहरु यो प्रणालीमा आएपछि विद्यालयले आगामी योजना निर्माणमा समेत सहयोग पुग्ने बढैयाताल गाँउपालिकाको विद्यालयका प्रधानाध्यापक बिमला गुरुङले बताउनु भयो ।

तालिममा प्रशिक्षकको रुपमा शिक्षा मन्त्रालयका उपसचिब जिबन भण्डारी, शाखा अधिकृत प्रबिण बाबु महर्जन, शिक्षा तथा मावन श्रोत बिकास केन्द्र सानोठिमी काठमाडौका तथ्यांक अधिकृत शुशिल पौडेल रहनु भएको राधाकृष्ण जनसेवा केन्द्र बर्दिया अन्र्तगत वालिका सशक्त परियोजनाका अधिकृत सिमा वलिले जानकारी दिनुभयो

समापन कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल र बि ग्रुपका लक्ष्मी प्रसाद शर्माको उपस्थिति रहेको थियो ।

 

Next Post

गल्र्स टेक ओभर अन्तर्गत निशा बनिन् एकदिने समन्वय इकाइ प्रमुख

२०८१ फाल्गुन ५, सोमबार १८:४३
नेपालगन्ज । किशोरीहरुको नेत्तृव विकास, क्षमता अभिबृद्धि तथा उत्प्रेरणाकालागि गुलरिया नगरपालिका वडा नम्बर ५ सफलता किशोरी क्लवकी अध्यक्ष निशा चौधरीले शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको नमुना प्रमुखको जिम्मेवारी एक दिनका लागि सम्हाल्नु भयो । प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित शसक्त बालिका परियोजनाले शिक्षा विकास तथा समन्वय […]