हरित अभियानता काफ्ले सम्मानित

  ।   २०८१ कार्तिक २४, शनिबार २३:१५

बाँके । नेपालगन्जका हरित अभियानता हेमन्त राज काफले काठमाडौमा  सम्मानित हुनुभएको छ ।

वातावरण  संरक्षणमा रुची राख्नुहुने काफ्ले कविता, गीत, नाटक, लेख लेखनमा त्यत्तिकै सिपालु हुनुहुन्छ । विभिन्न पत्र(पत्रिकामा समेत उहाँका लेख(रचना समेत प्रकाशित हुने गरेका छउन्जेल । उहाँले कृष्णसार एफ।एम।का लागि चेतनामूलक  साप्ताहिक  १००औं नाटक लेख्नुभएको छ । अङ्ग्रेजी साहित्यको विद्यार्थी भएकाले साहित्यमा उहाँको रुचि छ तर उहाँको हरित क्रान्तिको अभियान मौलाएको छ । उहाँले बागेश्वरी असल शासन, ब्राईटल्यान्ड अवार्ड, वन पैदावारको राष्ट्रिय हरित सम्मान, समरस्ता ईन्टर्नेसनल अवार्ड, डब्लु डब्लु एफ, नेपालको एभरेस्ट कलाईमेट इन्टर्नेसनल अवार्ड, भारत बाट ट्री मेन अवार्ड र लुम्बिनी बिश्व शान्ति मंचको शान्ति हरित सम्मान प्राप्त गर्नुभएको छ ।

उहाँले राष्ट्रपति रामचन्द्र पौड्याल, पुर्ब रास्ट्रपति  विद्यादेवी भण्डारी, प्रधानमन्त्री के।पी। शर्मा ओली, त्यसैगरी पूर्व प्रधानमन्त्री  माधव नेपाल,  प्रदेश ५ का पुर्ब मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, गायिका कोमल ओली, पुर्ब मन्त्री महेश्वर गहतराज , पुर्ब मन्त्री मोहम्मद ईस्तियाक राई ,  नायक राजेश हमाल, डाक्टर  महावीर पुन, विक्रम पाण्डे , कर्ण साक्य , बरिस्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम , जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिइसक्नु भएकोछ । रुख प्रती सबैको माया बढोस भनेर उहाँले बिरुवा हस्तान्तरण गर्ने गर्नुहुन्छ ।

काफ्लेको उच्च मुल्यांकन गर्दै  र उहाँको साहित्यको लगावलाई प्रेरणा मिलोस भनेर सगरमाथा साहित्य प्रतिस्ठानले सो सम्मान कार्यक्रम सगरमाथा साहित्य प्रतिस्ठान नेपाल साखाका अध्यक्ष बुद्धिबल श्रेष्ठ र प्रमुख अतिथि प्राध्यापक डा। राम प्रसाद ज्ञवालीले काठमाडौको प्रज्ञाप्रतिस्ठान, कमलादी मा भब्य कार्यक्रम गरि सम्मानित हुनुभएको छ ।

Next Post

पर्यावरण संरक्षणमा सबै जना गम्भीर भएर लाग्नु पर्ने बिज्ञहरुको भनाई

२०८१ कार्तिक २४, शनिबार २३:१५
नेपालगन्ज । बाँके यूनेस्को क्लब र प्लान इंटरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न भएको छ । बर्दिया, भुरीगाउँमा सफलतापूर्वक सम्पन्न भएको सो तालिममा २५ जना १८ देखि २४ वर्ष उमेर समूहका युवतीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य युवतीहरूलाई […]