नेपालगन्ज । जाजरकोट नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले एक बिद्यालयलाई एक लाख एक हजार एक सय ११ रुपैया सहयोग गर्नुभएको छ। अपाङ्ग बालबालिकाहरुको पढाई व्यवस्थापनमा मद्दत पुग्नेगरी अक्ष्यकोष स्थापना गर्न अधिकृत सिंहले एक लाख एक हजार १ एक सय ११ रुपैया सहयोग गर्नु भएको हो ।
नलगाड नगरपालिका–४ पिपलचौर स्थित जनता प्राथमिक बिद्यालयलाई अधिकृत सिंहले आफ्नो जन्मदिनको अवसर पारेर एक लाख एक हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेको सिंहले बताउनु भयो । ३३ बर्ष पुरा गरेर ३४ बर्षमा प्रबेश गरेको अबसरमा अधिकृत सिंहले स्रोत कक्षाको अक्ष्यकोष स्थापना गर्न गरेको सहयोगले विद्यालयलाई ठूलै सहयोग भएको विद्यालय ब्यबस्थापन समितिले जनाएको छ । विद्यालयमा विगत तीन बर्ष पहिलादेखि अपाङ्ग बालबालिकाहरुको पढाई पुरा गर्न विशेष स्रोत कक्षा सन्चालन भएको थियो । बिषेश स्रोत कक्षामा अध्ययनरत १६ जना बालबालिकाहरुको पढाई लेखाईका लागि आबश्यक पर्ने किताब, कापी, कलम लगाएतका शैक्षिक सामाग्री, खाना तथा खाजा, लत्ताकपडाको व्यवस्थापनमा मद्दत पुग्नेगरी अक्ष्यकोष स्थापना गर्न आफुले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहले चेक हस्तान्तरण कार्यक्रममा भन्नु भयो ।
आमा–बुवा तथा अविभावक नभएका बेसहारा अपाङ्ग बालबालिकाहरुको आधारभुत तहको पढाई पुरा गर्न संचालन गरिएको बिशेष स्रोत कक्षाको अक्ष्यकोष स्थापना गर्न अधिकृत सिंहले आफुलाई एक लाख एक हजार एक सय ११ रुपैयाको चेक हस्तान्तरण गरेकोमा बिद्यालय व्यवथापन समिति तथा स्रोत कक्षा व्यवस्थापन समिति अध्यक्ष राममाया शाही हमालले खुशी प्रकट गर्नु भएको छ । भौतिक पूर्वाधार अभावमा संचालन गरिएको बिशेष स्रोत कक्षाको हाल भौतिक संरचना बनिसकेको जानकारी दिदै अध्यक्ष शाही हमालले आगामी दिनमा श्रोत कक्षा शिक्षक दरबन्दीको व्यवस्थापन गर्नुको साथै जिल्लाका सबै पालिकाका बेसहारा अपाङ्ग बालबालिकालाई केन्द्रित गर्ने योजना रहेको समेत जानकारी दिनुभयो ।