एक मात्रा लगाए हुने जोनसनको खोप आजदेखि लगाइँदै, प्रधानमन्त्री देउवाले खोप केन्द्रको स्थलगत निरीक्षण गर्दै

  ।   २०७८ श्रावण ४, सोमबार ०८:०१

काठमाण्डौ । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप लगाइँदै छ ।

एक मात्रा मात्रै लगाए हुने यो खोप बिहान १० बजेदेखि देशका विभिन्न ठाउँबाट दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो । आजदेखि पर्सिसम्म जोनसन एण्ड जोनसनको खोप लगाइने उहाँले जानकारी दिनुभयो ।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ । यसैबीच, आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौ उपत्यकाभित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेभित्रको सङ्कट झनै चुलियो, पार्टी एकताको पहल नरोकिने नेता विष्टको भनाइ

२०७८ श्रावण ४, सोमबार ०८:०१
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा एमालेको संस्थापन पक्षले नै पार्टीको निर्देशन उल्लङ्घन गरेपछि सङ्कट झनै चुलिएको छ । पार्टीले विश्वासको मतको विपक्षमा उभिन ह्वीप जारी गरे पनि एमालेका ३३ जना सांसदले त्यसको उल्लङ्घन गरेका छन् । एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरे भने ११ […]

सम्बन्धित समाचार