एमालेभित्रको सङ्कट झनै चुलियो, पार्टी एकताको पहल नरोकिने नेता विष्टको भनाइ

  ।   २०७८ श्रावण ४, सोमबार ०८:०२

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा एमालेको संस्थापन पक्षले नै पार्टीको निर्देशन उल्लङ्घन गरेपछि सङ्कट झनै चुलिएको छ । पार्टीले विश्वासको मतको विपक्षमा उभिन ह्वीप जारी गरे पनि एमालेका ३३ जना सांसदले त्यसको उल्लङ्घन गरेका छन् । एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरे भने ११ जना अनुपस्थित भए ।

माधव नेपाल समूहका १४ र ओली समूहका ८ जनाले देउवालाई विश्वासको मत दिएका हुन् । पार्टी एकताको पहल गरिरहेका नेपाल समूहका घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु मतदान प्रक्रियामा सहभागी भएनन् । पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदबाट राजीनामा दिनुभएको छ ।

एमालेको हिजोको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने सांसदहरु पार्टीमा नरहने निर्णय गरेको थियो । तर स्थायी बैठकको निर्णय र निर्देशन विपरीत संस्थापन पक्षकै सांसदहरुले देउवाको पक्षमा मतदान गरेका छन् । यसले पार्टीभित्र सङ्कट उत्पन्न गरे पनि पार्टी एकताको पहल नरोकिने नेता गोकर्ण विष्टले बताउनुभयो ।

उज्यालोसँगको कुराकानीमा उहाँले हिजोको घटनाक्रमले केही असहज र अप्ठ्यारो अवस्था आए पनि पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी अघि बढ्ने बताउनुभयो । यसअघि एमालेका नेताहरुले १० बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Next Post

जाजरकोट नलगाडका अपांगलाई अधिकृत सिंह द्वारा सहयोग

२०७८ श्रावण ४, सोमबार ०८:०२
नेपालगन्ज । जाजरकोट नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले एक बिद्यालयलाई एक लाख एक हजार एक सय ११ रुपैया सहयोग गर्नुभएको छ। अपाङ्ग बालबालिकाहरुको पढाई व्यवस्थापनमा मद्दत पुग्नेगरी अक्ष्यकोष स्थापना गर्न अधिकृत सिंहले एक लाख एक हजार १ एक सय ११ रुपैया सहयोग गर्नु भएको हो । नलगाड […]