नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन नेपालगन्जको दोस्रो अधिवेसन सम्पन्न, ३५ सदस्यीय कार्यसमिति गठन

  ।   २०७८ भाद्र २०, आईतवार १२:४५

तिलक नेपाली
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन नेपालगन्ज उपमहानगरपालिका स्तरीय नगर समितिको दोस्रो अधिवेसन हिजो शनिवार सम्पन्न भएको छ । संगठनका बाँके जिल्ला अध्यक्ष बसन्त लामिछानेको प्रमुख आतिथ्यता एवं नगर समितिका अध्यक्ष ध्रुवराज शर्मा (सुदिप) को सभापतित्वमा अधिवेसन सम्पन्न भएको हो ।
अधिवेसनको औपचारिक सत्रलाई संगठनका बाँके अध्यक्ष एवं प्रमुख अतिथी लामिछानेले पानसमा बत्ती बालेर उद्घाटन गनुभयो । उद्घाटन सत्रमा उहाँले देशभर कोभिड–१९ को महामारीका कारण उद्योग–ब्यवसायीहरुका हितमा संगठनले भनेजस्तो काम गर्न नसकेको कुरा स्वीकार गर्दै नयाँ बन्ने समितिले संगठनको मुल्य र मान्यताको मर्म अनुसार संगठनलाई अगाडी बढाउने भन्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । संगठनका सचिव दशरथ चन्दले सन्चालन गरेको औपचारिक सत्रमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य अक्कल बम, नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष डिल्ली बराल, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, संगठनका केन्द्रिय समिति सचिवालय सदस्य तथा जिल्ला उपाध्यक्ष कल्पना शर्मा, केन्द्रिय समिति सचिवालय सदस्य तथा जिल्ला सहसचिव बिष्णु खनाल, केन्द्रिय समितिका सहसचिव तिलक कार्की, वरिष्ठ उपाध्यक्ष शेषकान्त, संगठन बाँकेका उपमहासचिव खलिल मिया लगायतका अथितीहरुको उपस्थिती रहेको थियो ।
अधिवेसनको औपचारिक कार्यक्रमपछिको बन्द सत्रले संगठनका पूर्व केन्द्रिय सदस्य नारद पुरीको संयोजकत्वमा ब्यवसायी कस्मिरा खातुनको नेतृत्वमा ३५ सदस्यीय नगर समिति चयन गरेको छ । नयाँ समितिमा अध्यक्ष कस्मिरा खातुन, उपाध्यक्षहरु मिना डाँगी, तिरथराम चिडिमार र कविराम जैसी चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्ष माधव शर्मा र सदस्यहरुमा डम्बर राना लगायतका ब्यवसायीहरु रहनुभएको छ । समितिमा ५ सदस्यहरुलाई पछि थप गरेपछि ३५ जनाको पूर्ण समिति बन्ने संगठनका सचिव चन्दले जानकारी दिनुभयो ।

Next Post

कांग्रेसको ४३ जिल्लाको वडा अधिवेशन सकियो, क्रियाशिल सदस्यताको सूची नआएका २१ जिल्लामा अन्योल

२०७८ भाद्र २०, आईतवार १२:४५
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजोसम्म ४३ जिल्लाको वडा अधिवेशन सकिएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका अरु १३ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । तर पार्टी मुख्यालयले अहिलेसम्म क्रियाशिल सदस्यता सूची टुंगो लगाउन नसकेका २१ जिल्लाको वडा अधिवेशन अनिश्चित देखिएको छ । शीर्ष नेतृत्व तहबाटै […]