दलित महिला संघ (फेडो) को संस्थागत क्षमता विश्लेषण

  ।   २०७७ पुष २१, मंगलवार १८:१९

पवन कुमार चौधरी, नेपालगन्ज ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले अन्य गैर सरकारी संस्थाहरुको संस्थागत क्षमता लोखाजोखा गर्न शुरु गरेको छ ।

संस्थाको आन्तरिक तथा बाह्रय क्षमता, चुस्त व्यवस्थापन प्रर्णाली, संस्थालाई चाहिने नियमावली, निर्देर्शिका र काम कारवाही प्रक्रिया लगायतका विषयमा संस्थागत क्षमताको लेखाजोखा गर्न थालिएको हो ।

पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत संस्थागत क्षमता तथा व्यवस्थापनका विषयमा नेपालगन्ज स्थित दलित महिला संघ बाँकेको क्षमता लेखाजोखा गर्नका लागि आजदेखि ३ दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ ।

कार्यशालामा सुशासन, मानव शंसाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, संथागत व्यवस्थापन, कार्यक्रम व्यवस्थापन क्षेत्र अन्र्तगत २७ वटा उपखण्डभित्र गहन अध्ययन तथा छलफल गरि स्वःमुल्यांकन गरेर मार्किङ्ग गरिने छ ।

छलफलका आधारमा गरिने मार्किङ्गलाई विश्लेषण गरि संस्थामा रहेका विभिन्न कमी कमजोरी, समस्या र सुधार गर्नुपर्ने कुरालाई समेटेर कार्यन्वयनका लागि कार्ययोजना बनाइने छ ।

कार्यक्रममा आइएचआरसीका राकेशकुमार मिश्र, मानबहादुर चौधरी र प्रतापसिंह थारुले सहजीकरण गरिरहनु भएको छ । कार्यक्रममा संस्थाका कार्यसमिति र सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको छ ।

Next Post

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा संवैधानिक इजलासमा आजदेखि बहस हुँदै

२०७७ पुष २१, मंगलवार १८:१९
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आजदेखि शुरु हुँदैछ । सर्वोच्च अदालतको आदेशअनुसार विवादित सो मुद्दाको सुनुवाई संवैधानिक इजलाशमा हुने भएको हो । सर्वोच्चको आदेश बमोजिम राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखको कार्यालयबाट लिखित जवाफ गत १९ गते नै पेश भइसकेको छ । […]

सम्बन्धित शीर्षक