सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही

  ।   २०८० असार २६, मंगलवार १२:०९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ ।

´अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । हाम्रो व्रिफिङमा अभद्र व्यवहार नगर्न भनेका छौँ । यसका साथै जनस्तरबाट आएका गुनासाहरुको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गर्ने गरेका छौँ ’ पाण्डेले भन्नू भयो ।

यस किसिमका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेले बताउनु भएको छ ।(रातोपाटी बाट )


 

Next Post

हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु

२०८० असार २६, मंगलवार १२:०९
काठमाडौ । हुलाक बैंकमा रहेका खाता एवं वचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार आज (मंगलवार)देखि हस्तान्तरणको प्रक्रिया सुरु भएको हो । असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक वचत खाताका कारोवार पनि रोक्का रहने छ । […]