बाँके क्षेत्र नं. १ मा माओवादीबाट ६ दाईहरु सँगै एक बहिनी कृष्णा केसी (नमुना) सिफारिस

  ।   २०७९ भाद्र २७, सोमबार २३:३५


नेपालगन्ज । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि बाँके क्षेत्र नम्बर १ बाट लुम्बिनी प्रदेश सांसद कृष्णा केसी(नमुना) सहित अरु ६ दाईहरु सिफारिस हुनु भएको छ ।

नमुना २०७४ सालको निर्वाचनमा संघीय सांसद दावी गर्दागर्दै पछि प्रदेश सांसदमा चित्त बुझाएर जित हासिल गर्नु भएको थियो । खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पनि यसै क्षेत्रबाट सिफारिस हुनु भएको छ । त्यस्तै ओमप्रकाश (सापकोटा) केसी (प्रयत्न), प्रकाश सुवेदी (चन्द्राकान्त), अशोक रोकाय (संकल्प), नरबहादुर खत्री (नरेश पौडेल) र नरेन्द्र न्यौपाने सिफारिस हुनुभएको छ । यसरी नेकपा माओवादी केन्द्रले बाँके १ नम्बर क्षत्रबाट आधा दर्जनभन्दा बढी सांसदका उम्मेदवार सिफारिस गरेको छ । नमुनाले कोरोना कहर भएको बेला पनि खटिएर आफ्नो क्षेत्रमा लागेको दावी गर्नुहुन्छ । कोरोना कहरको समयमा कति सांसद घरभित्र लुकेर बसेको बेला नमुना जनताको घर दैलोमा बिजुली बत्तीका तार बोकेर पुगेको सो क्षेत्रका जनताहरु सम्झिन्छन । नेकपा माओवादी केन्द्रका अर्का नेता प्रयत्नले आफुले अहिले सम्म कुनै लाभको पद नलिएकोले यसपालि आफुमाथी पार्टीले न्याय गर्ने बताउनु हुन्छ । त्यस्तै अर्का रोकाय (संकल्प) संबिधान सभा सदस्य भैसकेकोले बलियो दावी रहेको बताउनु हुन्छ । त्यस्तै खत्री र न्यौपाने पनि लागि राख्नु भएको छ ।

अगेल्लो पटक २०७४ को संघीय निर्वाचनमा अथक दाइलाई आफुले छोडेको हुनाले यसपटक दाइले आफुलाई सजिलै छोड्ने कुरामा बिस्वस्त रहेको नमुना बताउनु हुन्छ । ६ जनै दाईहरुले यसपटक एक बहिनीलाई संघीय सांसदको उम्मेदवारी सजिलै छाड्नेमा विश्वास रहेको नमुनाको दावी छ ।

Next Post

तीन तह बीच तालमेल गरे मात्र संघीयता बलियो हुन्छ : मुख्यमन्त्री केसी

२०७९ भाद्र २७, सोमबार २३:३५
संवाददाता, कपिलबस्तु । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयताको कार्यन्वयनको लागि संघ, प्रदेश र स्थानीय तहको बीचमा उचित तालमेल गरेर मात्रै संघीयता बलियो हुने बताउँदै संविधानले दिएको अधिकार अनुसार सरकार सञ्चालन नगरेमा संघीयता खतरामा रहेको बताउनुभएको छ । सोमबार प्रदेश समन्वय परिषदको छैठौ बैठकलाई सम्वोधन गर्दै कपिलबस्तुमा मुख्यमन्त्री केसीले यस्तो […]