तीन तह बीच तालमेल गरे मात्र संघीयता बलियो हुन्छ : मुख्यमन्त्री केसी

  ।   २०७९ भाद्र २८, मंगलवार १६:०८

संवाददाता, कपिलबस्तु ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयताको कार्यन्वयनको लागि संघ, प्रदेश र स्थानीय तहको बीचमा उचित तालमेल गरेर मात्रै संघीयता बलियो हुने बताउँदै संविधानले दिएको अधिकार अनुसार सरकार सञ्चालन नगरेमा संघीयता खतरामा रहेको बताउनुभएको छ ।

सोमबार प्रदेश समन्वय परिषदको छैठौ बैठकलाई सम्वोधन गर्दै कपिलबस्तुमा मुख्यमन्त्री केसीले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानले प्रदान गरेको अधिकार सूचीलाई पालना गरी अगाडि नबढेमा देशमा सत्ता सञ्चालनमा समस्या हुने भन्दै नेपालको संविधान अनुसार सहकार्य, सहअस्तित्व र समझदारीमा सरकार सञ्चालन गर्नु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारका ४ वटा गौरवका आयोजनालाई साकार पार्नका लागि निरन्तर सरकार अगाडि बढेको बताउँदै करिब २० वर्षपछि लुम्बिनी प्रदेश सबै हिसावले सुन्दर र हराभरा प्रदेश बन्न सक्ने दावी गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेशको राजधानी निर्माण, लुम्बिनी प्रादेशिक बिषेशज्ञ अस्पताल निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना र पाल्पाको रामपुरदेखि रोल्पाको पाटिहाल्न सम्मको मुख्य सडक निर्माण कार्य प्राथामिकतामा रहेको जानकारी दिनुभयो ।

 

Next Post

नरैनापुरमा प्रमुख प्रशासकिय अधिकृत खराललाई स्वागत

२०७९ भाद्र २८, मंगलवार १६:०८
बाँके ।  नरैनापुर गाउपालिकाले प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललाई स्वागत गरेको छ । प्रमख प्रशासकिय अधिकृत खरालले मंगलबार देखि नरैनापुर गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गर्नुभएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेपछि खराल नरैनापुर पुगेर आफ्नो पदिय दाइत्व निभाउन लाग्नु भएको […]