कालोपत्रे सडक धुलाम्मे र हिलाम्मे सगैं कुरुप (जिर्णा)

स्थानीय सरकार सगैं सरोकारवाला निकाय मौन

  ।   २०७८ चैत्र २२, मंगलवार १२:५०

संवाददाता, डुडुवा बाँके

बाँकेको नेपालगंज देखी नरैनापुरको सुईया गाउँसम्मको दुरी ४४ किलोमिटर सम्म रहेको छ । हुलाकी राजमार्ग अन्र्तगत पर्ने यो सडक खण्ड कालोपत्रे गरिएपछि आउजाउमा निकै सहज भएको छ ।

तर अहिले डुडुवा गाउँपालिकाको मिलन चोक वरपर र राप्ती पुल वरपरको कालोपत्रे सडक निर्माण सम्पन्न भएको छोटो समयमै उक्किएर धुलाम्मे र हिलाम्मे भएको छ ।

ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन । बालुवा, माटो जस्ता निर्माण सामाग्री बोकेर छिन–छिनमा ओहोर–दोहोर गर्ने टिप्पर, ट्याक्टरले सडकलाई झनै कुरुप र जिर्णा पारिदिएका छन ।

पानी चुहाउदै हिँड्ने टिप्पर, ट्याक्टरको दोहोरो कुदाँईले सडक छेउको खेतबाली, घरहरु धुलोले भरीएका छन । सडकमा हिँड्ने पैदल यात्री, र अन्य सवारी साधानले यो गर्मी सुख्खायाममा निकै सास्ती खेपी रहेका छन ।

निर्माण सामाग्री बोकेका (लोडेड) सवारी साधान टिप्पर, ट्याक्टरलाई बैकल्पिक बाटोको ब्यवस्था नगरिदिँदा कालोपत्रे सडक कुरुप, जिर्णा मात्रै भएको छैन ।

सगैं आउजाउ गर्ने अन्य सर्वसाधारणको स्वास्थ्यमा पनि गंम्भिर असर परिराखेको छ । यस बिषयमा स्थानीय सरकार र अन्य सरोकारवाला निकायले समयमै ध्यान दिन भने सकिरहेका छैन्न ।

#डुडुवा    #टिप्पर    #ट्याक्टर  

Next Post

टाइफाइड कन्जुगेट भ्याक्सिन कसले लगाउन हुदैन्,

२०७८ चैत्र २२, मंगलवार १२:५०
संवाददाता । सरकारले टाइफाइडको जोखिम कम गर्ने उद्देश्यले यहीँ चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । यहीँ चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म २४ दिन देशव्यापी रुपमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइटविरुद्धको खोप दिइँदैछ । देशभरीका करिब ७५ लाख बालबालिकालाई खोप अभियानमा समेट्ने सरकारको लक्ष्य रहेको परिवार […]

सम्बन्धित शीर्षक