कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

  ।   २०७८ श्रावण १०, आईतवार १६:१८

संवाददाता ।
नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिनुभएको छ ।

हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहनुभएका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । भोजपुर घर हुुनुभएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानीसमेत छ ।

दोस्रो संविधानसभामा उहाँ २६ मनोनीत सभासदमा पर्नुभएको थियो । श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद हुनुहुन्छ । शैक्षिक क्षेत्रका व्यवसायी श्रेष्ठ पछिल्लो समय जलविद्युत र अस्पतालमा लगानी गरिरहनुभएको छ ।

यो वर्षमात्र उमेशले विभिन्न अस्पतालहरूको चेन बनाउने भन्दै ५० करोड लगानी गर्ने सार्वजनिक घोषणा गर्नुभएको थियो । श्रेष्ठले होटल, कृषि र निजी वनमा समेत लगानी गर्नुभएको छ । जनमैत्री, महेन्द्रनारायण निधी अस्पताल लगायतमा उहाँको लगानी छ ।

नेपाल प्रेसबाट

Next Post

अफगानिस्तानमा तालिबान लडाकुलाई सहरमा छिर्न नदिन देशभरि एक महिना कर्फ्यूको घोषणा

२०७८ श्रावण १०, आईतवार १६:१८
संवाददाता । अफगान सरकारले तालिबानलाई सहरहरू कब्जा गर्न नदिन देशका अधिकांश भागमा एक महिना लामो कर्फ्यू घोषणा गरेको छ । राजधानी काबुल र अरू दुईवटा प्रान्तबाहेक अन्यत्र राति १० बजेदेखि बिहान ४ बजेसम्म आउजाउमा प्रतिबन्ध लगाइएको हो । देशबाट अन्तर्राष्ट्रिय सैनिकहरू फिर्ता भइरहँदा तालिबान र अफगान सरकारबीच पछिल्लो दुई महिनायता […]