वडाले गर्ने नियमित काममा प्रतिबद्ध छौँ: नेपालगन्ज १ का अध्यक्ष रिजाल

  ।   २०८० आश्विन १९, शुक्रबार १४:००

शान्ति सुनार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आफ्नो वडामा नियमित गर्नुपर्ने काममा प्रतिबद्ध भएको बताउनु भयो । गत आइतबार अध्यक्ष रिजालले आफ्नो वडामा भए गरेका कामको वेलिविस्तार लगाउनु भयो ।

अघिल्लो कार्यकाल पनि आफैले चलाउनु भएका रिजालले  पहिलो प्राथमिकतामा जनतालाई राखेर बजेट तर्जुमा तथा विकास निर्माणका कामहरु गरिरहेको गुड न्युज खबरसँग बताउनु भएको थियोे ।

वडामा कामको दायरा फराकिलो पार्न र काम गर्न सहजताको लागी टोल विकास समितीहरु गठन गरि  समन्वय गर्दै  योजनाहरु अगाडी बढाईएको उहाँको भनाइ थियो ।

विशेष गरि भौतिक विकास  अन्तर्गतका  सडक निर्माण, जिवकोपार्जनको लागि आन्त्मनिर्भर्ता, व्यक्तित्व विकास र आर्थिक उन्नतिका लागि आवश्यक  विषयहरु जनताले उठाउने र आफुहरुले त्यही अनुसार काम गरिरहेको बताउनु भयो । अध्यक्ष रिजालले भन्नुभयो, बेरोजगारी समस्या हाम्रो वडाको मात्र नभएर देशकै समस्या भएको हुनाले हामी आफैले अथवा एउटा वडाले बेरोजगार समस्या हल गर्न सकिदैन ।झ तर पनि समुन्नत वडा कसरी बनाउन सकिन्छ भनेर लागि रहेको अध्यक्ष रिजालले जिकिर गर्नु भयो ।

जनतालाई वडा प्रति कुनै पनि गुनासो नआउने तरिकाले काम गरेको र आफ्नो कामप्रति जनता खुशी भएको मुल्यांकन वडाको छ । वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको गुनासो सुन्न आफुहरु तत्पर बसेको उहाँले सुनाउनु भयो । कुनै पनि समाज र टोल आफैमा निपुण हुदैनन् । हरेक टोलमा कुनै न कुनै समस्या हुन्छन् भन्दै अध्यक्ष रिजालले जनताका समस्या सुनेर त्यसलाई समाधान गर्ने आफ्नो पहिलो दायित्व रहेको कुरामा जोड दिनु भयो ।

अध्यक्ष रिजालसँग गुडन्युज खबरका सम्पादक डा. डक्ट धिताल, सम्बादाता सबिता चन्द ठकुरी र शान्ति सुनारसँग गरिएको कुराकानीका आधारमा यो समाचार तयार पारिएको हो ।

अन्तर्वार्ताका बाँकि अंशहरु पनि हेर्न र सुन्न सक्नु हुनेछ ।

 

Next Post

सेमिफाइनलमा नेपाल भारतसँग पराजित

२०८० आश्विन १९, शुक्रबार १४:००
नेपालगन्ज । नेपालले चीनमा जारी १९औं एसियाली खेलकुदमा एउटा कास्य पदक हात पारेको छ । आज बिहान भएको खेलमा नेपाली महिला कबड्डीको टोली सेमिफाइनलमा भारतसँग पराजित हुँदै कास्य पदक जितेको हो। नेपाल भारतसँग ६१-१७ ले पराजित भएको हो। खेलको नियमअनुसार कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान […]

सम्बन्धित समाचार