बाँकेमा ४२ जना संक्रमण मुक्त

  ।   २०७७ भाद्र ३०, मंगलवार ०९:५४

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणमुक्त मंगलबार ४२ जना घर फिर्ता भएका छन् । बाँके जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा कोरोना संक्रमणको उपचार गरिरहेका४२ जना बाँकेबासी कोरोना मुक्त भई डिस्चार्ज भएका हुन ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार १८ जना महिला र २४ जना पुरुष सहित ४२ जनालाई १४ दिनको एकान्तबास पछि आज डिस्चार्ज भएको उहाँले जानकारी दिनु भएको छ । आजसम्म बाँके जिल्लाका कुल संक्रमित १ हजार ४ सय ६९ छन् । संक्रमित मध्ये १ हजार ७८ जना कोरोना मुक्त भई घर फिर्ता भएका छन् ।

बाँकेमा अब विभिन्न आइसोलेसन केन्द्र स्वास्थ्य लाभ लिइरहेका ३ सय ८३ जना रहेका छन् । फोकल पर्सन श्रेष्ठका अनुसार ८ जनाको बाँके जिल्लामा कोरोना संक्रमितको निधन भएको छ । बाँके जिल्लामा कोरोना संक्रमितको निकोहुने दर ७३ दशमलब ३८ प्रतिशत रहेको छ ।

Next Post

व्यवसायिक कर सेवा तथा परामर्श केन्द्र संचालन

२०७७ भाद्र ३०, मंगलवार ०९:५४
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, नेपालगन्जको समन्वयमा व्यवसायिक कर सेवा तथा परामर्श केन्द्र सन्चालनमा ल्याएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उक्त सेवा केन्द्रको मंगलवार रिवन काटेर उद्घाटन गरे । सेवा केन्द्रबाट नयाँ व्यवसायी एवं करदाताहरुका लागि बार्षिक बिस लाखसम्म ब्याबसायी कारोबार गर्ने ( डे […]