कोहलपुर प्रहरीले मोटरसाइकल चोर्ने दुई जनालाई पक्राउ गर्‍यो

  ।   २०८० आश्विन २३, मंगलवार ०८:५७

नेपालगन्ज । ईलाका प्रहरी कार्यालय कोहलपुरले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका ४ का २३ बर्षिय सलिम हलवाई र सोही ठेगाना भएका ४३ बर्षिय मोहम्मद सफिक बेडुवा रहेको कोहलपुर प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट सु.प.प्र.०१००८ प १६७ नम्वरको १५० सि.सि.को पल्सर मोटर साईकल बरामद गरेको छ ।

प्रहरीका अनुसार गत असोज १० गते कोहलपुर १० का यामराज भारतीको भे ७ प ७६०७ नम्बरको बजाज कम्पनीको १५० सि.सि. को पल्सर मोटर साईकल कोहलपुर ११ बागेश्वरी क्पाम्पस जाने बाटोमा रहेको एम.आर. स्टेशनरी अगाडीबाट चोरी भएको थियो । असोज १४ गते कोहलपुर नगरपालिका ५ प्रगतीनगरका रामचन्द्र पराजुलीको लु ७६ प २३४० नम्वरको रातो कालो रङको १५० सि.सि.को पल्सर मोटर साईकल ईलाका प्रहरी कार्यालय कोहलपुर नजिकबाट चोरी भएको थियो ।

त्यसैगरी असोज २० गते गेरुवा गाँउपालिका २ बर्दिया घर भई हाल कोहलपुर ११ एन.टी.भी.रोड बस्ने डण्डप्रसाद धमालाको सोही ठाउँबाट सु.प.प्र.०१००८ प १६७ नम्वरको १५० सि.सि.को पल्सर मोटरसाईकल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई डण्डप्रसाद धमालाको चोरी भएको सु.प.प्र.०१००८ प १६७ नम्वरको १५० सि.सि.को पल्सर मोटरसाईकल सहित पक्राउ गरेको हो ।

चोरी भएका अन्य मोटरसाइकलमा पनि उनीहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । उनीहरु दुबै जनालाई असोज२१ गते पक्राउ गरी जिल्ला अदालत बाँकेबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

Next Post

इजरायल घटना : सरकारद्वारा मंगलबार राष्ट्रिय शाेक घाेषणा

२०८० आश्विन २३, मंगलवार ०८:५७
नेपालगन्ज । दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी मृत्युु भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न सरकार राष्ट्रिय शाेक घाेषणा गरेकाे छ । असोज २३ ( भाेली) का लागि सरकारले राष्ट्रिय शोक घोषणा गरेकाे हाे । साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली […]