जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको मृत्युु

  ।   २०८० मंसिर ८, शुक्रबार २१:१५

नेपालगन्ज । जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाकाे कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाकाे बन्चरो प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार सोही वडाका श्यामबहादुर बुढाले बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार बन्चरो प्रहार गर्ने बुढा मृतक अमृताका देवर नाता पर्दछन् ।

शुक्रबार दिउँसो १२ बजेतिर उक्त घटना भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गर्ने बुढालाई नियन्त्रणमा लिइएको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Next Post

आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छः मन्त्री शर्मा

२०८० मंसिर ८, शुक्रबार २१:१५
काठमाडौ । सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने छ।आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजा गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्दै उहाँले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिनुभयो । पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्व […]