आजदेखि अमेरिकामा टिकटक र वीच्याट पूर्णरुपमा बन्द

  ।   २०७७ आश्विन ४, आईतवार ०८:०७

बीबीसी । आइतबारदेखि अमेरिकाका सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा सहमति जनाएमा मात्र यो कदम रोकिने नत्र अमेरिकावासीहरुले अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले बताएको हो ।

ट्रम्प प्रशासनका अनुसार यी दुवै कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई दिन सक्छन् र राष्ट्रिय सुरक्षालाई पनि जोखिममा पारिरहेका छन् जसकारण नै यसमाथि प्रतिबन्ध लगाउनुपरेको हो । यता चीन र यी दुईवटै कम्पनीले अमेरिकाको सो आरोप गलत ठहर गरिरहेका छन् । आइतबारदेखि वीच्याट, मेसेजिङ एप पूर्ण रुपमा बन्द हुनेछ भने टिकटक चाहिँ नयाँ अपडेट डाउनलोड नगरि नोभेम्बर १२ सम्म चलाउन सकिनेछ ।

ट्रम्पले टिकटकलाई नोभेम्बरसम्मको अन्तिम समय दिएका हुन् । टिकटकले यो विषयमा अमेरिकी वाणिज्य विभागसँग निराश भएको प्रतिक्रिया दिएको छ र सुरक्षा सम्बन्धी ट्रम्प प्रशासनको चिन्तालाई ध्यानमा राख्दै कम्पनीको पारदर्शीता बढाउन प्रतिबद्ध रहेको बताउँदै आएको छ । वीच्याट एपको मालिक टेनसेन्ट कम्पनीले पनि उक्त प्रतिबन्ध दुर्भाग्यवश् भएको र समस्याको दीर्घकालीन समाधानसम्म पुग्न अमेरिकी सरकारसँग छलफल जारी राख्ने बताएको हो ।

गत अगस्टमा ट्रम्पले अमेरिकाका सबै व्यवसायलाई चिनियाँ कम्पनीसँगको काम बन्द गर्न ४५ दिनको अन्तिम म्याद दिँदै कानुनी आदेश जारी गराएका थिए । यसैकारण वाणिज्य वभागले सो निर्देशनको पालन गर्दै आइतबारदेखि नै दुवै कम्पनी अमेरिकामा सञ्चालन हुनबाट रोक्ने निर्णय गर्नुपरेको हो ।

तर हाल योजनाबद्ध रहेको टिकटक र अमेरिकी प्राविधिक कम्पनी ओरेकल बीचको ‘पार्टनरशीप’ लाई ट्रम्पले स्वीकृति दिन सहमत हुने हो भने टिकटक प्रतिबन्धित हुनेछैन । नोभेम्बरसम्म टिकटकले अमेरिकी सरकारको सुरक्षा सम्बन्धी समस्या समाधान गर्न सक्ने हो भने टिकटक हटाउनुपर्ने आवश्यकता नहुने ट्रम्पले यसअघि बताएका थिए । शुक्रबार सञ्चारर्मीहरुसँग बोल्दै उनले भनेका हुन्, “टिकटकसँग छिटै सम्झौता हुने मेरो विश्वास छ तर त्यसका लागि अमेरिकालाई चीनबाट सुरक्षित राख्नुपर्ने हुन्छ । टिकटक वास्तवमै सफल कम्पनी हो र एकदमै धेरै लोकप्रिय छ । यसैले अमेरिकाले खोजेको सुरक्षा मार्फत सायद हामीले यसलाई नहटाएर धेरै मान्छेलाई खुसी पार्न सक्नेछौँ भन्ने मलाई आशा छ । ”

वीच्याट मार्फत फोन गर्न, म्यासेज गर्न, मोबाइल पेमेन्ट लगायत सम्पूर्ण स्थानीय सेवाहरु प्रयोग गर्न सकिने हुँदा यसलाई चीनमा सबै कुरा एउटैमा भएको एप भनेर पनि चिनिन्छ । चीनमा मात्र नभइ बाहिर पनि यसलाई अत्यन्तै धेरै मानिसहरुले चलाउने गरेका थिए । वीच्याटका मासिक एक अर्ब भन्दा बढी प्रयोगकर्ताहरु रहेको कम्पनीले जनाएको छ ।

तर यसअघि राजनीतिक विवादका कारण भारतले पनि वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाएको थियो र बेलायतको सूचना विभाग कार्यालयले पनि टिकटकको डाटा प्रयोग माथि अनुसन्धान गरिरहेको छ ।

Next Post

आईपीएलमा चेन्नईको विजयी सुरुवात, मुम्बई ५ विकेटले पराजित

२०७७ आश्विन ४, आईतवार ०८:०७
काठमाण्डौ । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । गएराति युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ […]