कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने

  ।   २०७७ भाद्र ६, शनिबार १६:४०

एजेन्सी। कोरोना भाइरस दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा। टेड्रोस एड्हानोम गेब्रेयससलले महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताउनुभएको हो ।

शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोसले सन् १९१८ को स्प्यानिश फ्लू दुई वर्षमा नियन्त्रणमा आएको दृष्टान्त दिंदै उक्त विश्वास व्यक्त गर्नुभएको हो ।

तर अहिलेको प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा यो अझ चाँडो नियन्त्रणमा आउन सक्ने पनि उहाँको विश्लेषण छ ।

बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने सम्भावना बढी भएपनि यसलाई रोक्नका लागि अहिले प्रविधि र ज्ञान पनि बढी उपलब्ध रहेको पनि टेड्रोसको तर्क छ ।

सन् १९१८ को स्प्यानिश फ्लूका कारण ५ करोड बढीले ज्यान गुमाएको बताइन्छ ।

महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक ९पीपीई० जस्ता स्वास्थ्य सुरक्षा सामग्रीसँग सम्बन्धित भ्रष्टाचार लाई घोर अपराधको संज्ञा पनि दिनुभएको छ ।

यस्ता भ्रष्टाचार आफ्ना लागि हत्या सरह नै भएकाले कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य नहुने पनि टेड्रोसले प्रष्ट्याउनुभएको छ ।

हालसम्मका कोरोनाका कारण विश्वभर करिब ८ लाख मानिसले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी संक्रमित भएका छन् । ईमेजखबर

Next Post

सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिले स्वास्थ्य परीक्षण गर्न हतार नगर्नुस् : स्वास्थ्य मन्त्रालय

२०७७ भाद्र ६, शनिबार १६:४०
काठमाण्डौ । सरकारले कोरोनाको सङ्क्रमण दिनहुँ बढीरहेकाले स्वास्थ्य परीक्षण गर्दा पनि ध्यान दिन सुझाव दिएको छ । आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई कोरोना पोजेटिभ देखिनासाथ आत्तिएर धेरै जना स्वास्थ्य परीक्षणमा जाने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न सुझाव दिएको छ । सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिले स्वास्थ्य परीक्षणका लागि ५ देखि […]

सम्बन्धित शीर्षक