बिल अनुसार पत्रिकाले पाउने रकम भुक्तानी गरियोस

नेपाल पत्रकार महासंघ बाँके अध्यक्षलाई पहल गरिदिन आग्रह

  ।   २०७७ कार्तिक ३, सोमबार १८:४७

लोक कल्याणकारी बिज्ञापन बापत पत्रिकाले पाउदै आएको रकम निकासा नभएपछि बाँकेका प्रकाशक, सम्पादक, संगठनहरुले भुक्तानीका लागी माग गरेका छन ।

प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट धिताल, साप्ताहिक पाक्षिक संजाल बाँके अध्यक्ष अक्षरी पोखरेल, सचिव अजय कुमार गुप्ता, अवधि पत्रकार संघ नेपाल बाँके अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठी लगायतले साउन महिनाको रकम नपाएको भन्दै आज संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गरी बिल अनुसार रकम भुक्तानीका लागी माग गर्नुभएको हो ।

जिल्ला हुलाक कार्यालय रुपन्देहीले भदौं महिनाको बील अनुसार रकम भुक्तानी दिने तर साउन महिनाको नदिने बताएको छ ।

कोरोना भाइरसका कारण पत्रिकाहरु प्रकाशित भएपनि पीडिएफ फाइल बाहेक ओरजिनल पत्रिकाको कपी पुग्न सकेन । त्यसलाई आधार बनाएर अहिले हुलाकले रकम भुक्तानी गर्न मानिरहेको छैन ।

यसैबीच आजको सामना साप्ताहिक पत्रिकाको तर्फबाट अजय कुमार गुप्ताले पत्रिकाहरुको रकम भुक्तानीका लागी पहल गरिदिन भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुलाई ज्ञापन पत्र बुझाउनुभएको छ ।

भोली (मंगलबार) जिल्ला हुलाक कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको राखिएको छ ।

प्रेस बिज्ञप्ती यस्तो छ, हेर्नुहोस ।

Next Post

ठुला शहरलाई केन्द्रमा राखेर बजार अनुगमन निरीक्षण

२०७७ कार्तिक ३, सोमबार १८:४७
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजले ठुला शहरलाई केन्द्रमा राखेर बजार अनुगमन निरीक्षण गरिरहेको जनाएको छ । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका ६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्यालले नेपालगंज, सुर्खेत, दाङ्ग लगायतका ठुला बजारबाटै अन्य जिल्लामा दैनिक उपभोग्य बस्तु तथा सामाग्रीहरुको ओसार पसार गरिने भएकाले यहाँ […]

सम्बन्धित शीर्षक