वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजले ठुला शहरलाई केन्द्रमा राखेर बजार अनुगमन निरीक्षण गरिरहेको जनाएको छ ।
कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका ६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्यालले नेपालगंज, सुर्खेत, दाङ्ग लगायतका ठुला बजारबाटै अन्य जिल्लामा दैनिक उपभोग्य बस्तु तथा सामाग्रीहरुको ओसार पसार गरिने भएकाले यहाँ जोड् दिईएको बताउनुभयो ।
उहाँले चार्डपर्वका बेला अन्य समयभन्दा बढी उपभोक्क्ताहरु सचेत हुनु पर्ने सुझाव दिनुभयो । प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीहरुको नेतृत्वमा रहेका सरोकारवाला समितिले अनुगमन निरीक्षणको कार्यलाई बढाउदै लगेका छन ।
यता बाणिज्य कार्यालय आफैंले पनि स्थानीय सरकार, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, नापतौल, औषधी ब्यवस्था विभाग, उद्योग वाणिज्य संघ लगायतका संम्बन्धित सरोकारवाला निकाय सँग समन्वय गरी बजार अनुगमन, निरीक्षण गरिरहेको जनाएको छ ।
सिमित जनशक्ति र स्रोत साधानको कमीले जनअपेक्षा अनुसार काम गर्न नसकेको कार्यालयले दाबी छ ।
कार्य प्रगति
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजले चालु आर्थिक बर्ष २०७७-०७८ को साउन देखी कार्तिक २ गते सम्म विभिन्न क्षेत्रका ९१ वटा ब्यवसायिक फर्महरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा पाईएका २ लाख ३० हजार १ सय ७४ रुपैंया बराबरका खाना, उपभोग गर्न अयोग्य समानहरु नष्ट गरिएको छ । यस्तै ८ वटा फर्महरुको कारोबार रोक्का गरिएको छ । भने ४ वटा फर्मलाई तत्काल ४ लाख ४० हजार रुपैंयाको जरिवाना गरिएको छ ।
अनुगमनका क्रममा १८ वटा मापदण्ड विपरित, ६१ वटा समान्य प्रक्रिया नमिलेका, निर्देशन पालन नगरेका फर्महरु फेला परेका थिए । यस्तै गत आर्थिक बर्ष २०७६-०७७ मा ५ सय ७४ वटा ब्यवसायिक फर्महरुको अनुगमन निरीक्षण गरिएको छ ।
अनुगमनका क्रममा ३३ वटा फर्महरुलाई तत्काल २२ लाख २० हजार रुपैंया जरिवाना जरिवाना गरिएको छ । त्यस क्रममा ५ लाख ३० हजार ५५ रुपैंया बराबरका अखाद्य्य, उपभोग गर्न नमिल्ने समाग्रीहरु नष्ट गरिएको छ ।
भने २ वटा फर्मलाई शिल गरिएको छ । अनुगमनका क्रममा पाइएका त्रुटिहरु सच्चाएर कतिले नियमित सेवा प्रवाह गर्न शुरु गरिसकेको बाणिज्य कार्यालयको भनाई छ ।




