गाउँपालिका कार्यालयको भवन निर्माण कार्य २५ प्रतिशत सकियो

लागत १० करोड २२ लाख १६ हजार ६१२ रुपैंया

  ।   २०७७ कार्तिक ५, बुधबार १४:०२

संवाददाता, डुडुवा
बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निर्माण कार्यले गति लिएको छ । भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधीमा २५ प्रतिशत निमार्ण कार्य पुरा भएको छ ।

कोरोना संक्रमणको महामारी र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निर्माण सामाग्री अभावका बेला पनि निर्माण कार्य चलिरहेको छ । भवन निर्माणको कार्यप्रगतिका बारेमा मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष चौधरीले भवनको निर्माणको गुणस्तरियता, बाउण्ड्री, शौचालय, बहुउद्देशिय सभा हलको डिजाइन, भवनको कोठा लगायतका बारेमा प्राविधिक टोलीसंग जानकारी लिई थप सरसल्लाह दिनुभएको छ ।

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादव लगायत कर्मचारी र प्राविधिकहरुको सहभागिता रहेको थियो ।

गाउँपालिका केन्द्र रहेको वडा नम्बर ३ बनकट्टीस्थित २० कठठा जग्गामा रु १० करोड २२ लाख १६ हजार ६१२ रुपैंयाको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण गर्न थालिएको छ ।

चार तल्ले भवनमा चार सय जना क्षमता भएको बहुउद्देशिय सभा हल, सानो सभा कक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारीका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, गार्ड रुम र लिप्टसहितको भवन निर्माण हुने प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार रोयल कन्सट्रक्सन कैलालीले भवन निर्माण कार्यको ठेक्का सम्झौता गरेको छ भने दुई वर्षभित्र भवन बनाउने समझदारी भएको छ ।

भवन निर्माणका लागि संघिय सरकार र जिल्ला समन्वय समिति बाँकेको अनुदान र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने छ । गाउँपालिकाले अहिले वडा नंंम्बर ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको उम्मेदावारी दर्ता

२०७७ कार्तिक ५, बुधबार १४:०२
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गराउनुभएको छ । आज महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराउनुभएको छ […]

सम्बन्धित समाचार