उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको उम्मेदावारी दर्ता

  ।   २०७७ कार्तिक ५, बुधबार १५:३५

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गराउनुभएको छ ।

आज महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदावार प्रस्ताव गरेको थियो । पछि गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

महासंघको चुनावका लागि उम्मेदवारहरुले आजदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्नसक्नेछन् । मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

रातोपाटीबाट

Next Post

रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

२०७७ कार्तिक ५, बुधबार १५:३५
राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको छ । १२ बैशाख २०७२ मा गएको भूकम्पले क्षति भएको रानीपोखरीको २ माघ २०७२ मा राष्ट्रपति भण्डारीले शिलान्याश गर्नुभएको हो । त्यसबेला रानीपोखरी लगायत मुलुकका भुकम्पले क्षति भएका सांस्कृतिक सम्पदालाई बलियो र मौलिक स्वरुपमै पुनर्निर्माण गर्न लिएको अठोट पुरा भएको राष्ट्रपति […]

सम्बन्धित समाचार