संवाददाता, नेपालगंज ।
राजनीति सगैं सबै क्षेत्रमा महिलालाई चुनौति (गाह्रो) रहेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य सन्जु कुमारी थारुले आफनो अधिकार छिनेर, खोसेर, लडेर लिनुपर्ने बाध्यता रहेको बताउनुभएको छ ।
आइतबार बाँकेको नेपालगंजमा तीन दिने क्षमता विकास र राजनीतिक साक्षरता तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले आफु विगतमा उपप्रमुख रहँदाको अनुभव सुनाउदै राजनीतिमा युवा महिलाहरुलाई लाग्न हौसला समेत प्रदान गर्नुभयो ।
नेपाल लिडरसीप एकेडेमीका प्रोजेक्ट लिडर पूजाकुमारी वैश्यको अध्यक्षतामा आयोजित समापन समारोहमा नेकपा (एमाले) का केन्द्रिय लेखा आयोग सदस्य विजया धिताल, नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापा मगर, जसपा प्रदेशसभा सदस्य सुशीला पौडेल, राप्रपा जिल्ला सदस्य उर्मिला शाह, मेरो खुसी डटकमका सम्पादक तथा अन्नपूर्ण पोस्ट् दैनिकका उप सम्पादक शंकरप्रसाद खनाल, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगंजका स्ववियु सभापति माधव खत्रीले राजनीतिक अनुभव सहित आफनो भनाई राख्नुभएको थियो ।
यो पनि हेर्नुहोस ।