राजनीतिक समिकरणले ओझेलमा महिला नेतृत्व

  ।   २०७९ फाल्गुन २९, सोमबार ११:५७

संवाददाता, नेपालगंज ।

राजनीतिक समिकरण (तालमेल) कै कारण महिला नेतृत्व ओझेलमा परेको लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना) ले बताउनुभएको छ ।

आइतबार बाँकेको नेपालगंजमा आयोजित ‘महिलाका लागी राजनीतिक साक्षरता’ सम्बन्धि कार्यशालाको औपचारिक उद्घाटन पछि सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आफनो राजनीतिक अनुभव सुनाउदै उहाँले भन्नुभयो, ‘आन्तरिक रुपमा सक्षम बनी, राजनीतिमा महिलाहरुले चासो दिनु पर्यो, महिलाका सवालमा सबैहरु एक जुट हुनु पर्यो ।’

नेपाल लिडरसीप एकेडेमीका प्रोजेक्ट लिडर पुजा बैश्यको अध्यक्षतामा आयोजित कार्यशालामा डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मिना चदारा (मनिषा), नेकपा एमालेका केन्द्रिय लेखा आयोग सदस्य विजया धिताल, महिला नेतृ कृष्णा पाण्डे, अन्तरपार्टी महिला सञ्जालका उपाध्यक्ष गितादेवी राना, नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष करुणा शाह, पत्रकार रुपा गहतराज लगायतको उपस्थिती रहेको थियो ।

नेपाल लिडरसीप एकेडेमी, आइआरआइको आयोजनामा भएको कार्यशालामा विभिन्न क्षेत्रका १ सय बढी महिलाहरुको सहभागीता रहेको थियो ।

अधिवक्ता विश्वजीत तिवारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरेले कार्यशालामा प्रशिक्षण दिनुभएको थियो ।

 

Next Post

गुडन्यूज अंक ३९

२०७९ फाल्गुन २९, सोमबार ११:५७
Open Link